धनगढी : अछामको त्रीवेणी धाममा सरसफाइ गरिएको छ । जिल्लाको चौरपाटी, साफे सहित ३ स्थानीय तह सङ्गै जोडिएको धाममा पित्रेना एकता सेवा समाजले सरसफाइ गरेको हो । बुढिगङ्गा नदि र कैलाश खोलाको सङ्गम त्रीवेणी धाममा समाजले सरसफाइ गर्नुका साथै धाममा स्नान तथा दर्शन गर्दा सचेत रहन समेत आग्रह गरेको हो । धाममा बर्सेनि दर्शालुले ज्यान गुमाउनु परिरहेको अवस्थालाई मध्यनजर गर्दै समाजले दर्शालुहरुलाइ धाम बारे जानकारी दिदै स्नान गर्न सहजीकरण गरेको हो । धमामा स्नान तथा दर्शन गर्न आउने भक्तजनहरु लाई सहजीकरण गरि घटना हुन बाट रोकिएको समाजले जनाएको छ। धाममा हरेक बर्स नवरात्रमा हजारौं भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
पुराण अनुसार कन्था पुरी सहर कैलास बाबाको नाबि बुढिगङगा नदि कैईलु गाईको गोठ भएको जिम राजाको दरबार हो । जिमराडि मानस खन्ड को उत्पत्ती भएपछि पाँच पान्डब को भिषण ले एउटा बास स्थल बनाएको ठाउँ हो । स्थानीय हेमराज खत्रीले हालसम्म धामको प्रचार/प्रसार सङ्गै सरसफाइ तथा जनचेतनामा सरोकार वाला निकाय मौन रहेको बताए । स्थानीय सरकारको बेवास्ताका बेला स्थानीय आफै जागेर सरसफाइ सङ्गै भक्तजानलाइ जानकारी दिने काम गरेको उनले बताए ।