धनगढी। नवजीवन अस्पताल प्रा.ली.धनगढीले कञ्चनपुरको पुनर्वासमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर मार्फत १३६ जनाले उपचार सेवा लिएका छन्।
बुधबार कञ्चनपुर पुनर्वास नगरपालीका वडा नम्बर ६ मा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविर मार्फत १ सय ३६ जनाले उपचार सेवा लिएका हुन्। नवजीवन अस्पताल प्रा.ली का मार्केटिङ संयोजक राजु चौधरीका अनुसार नाक,कान,घांटी सम्बन्धी समस्या भएका बिरामीको बिशेषज्ञ चिकित्सकहरुद्धारा उपचार तथा चेकजाँच गरिएको हो। डाक्टर इन्द्र उपाध्यायले बिरामीले चेकजाँच तथा उपचार गरेका थिए।
उपचार तथा चेकजाँच गराउन आएका महिला,बालबालीका,पुरुष तथा जेष्ठ उमेर समुहका बिरामीले बिशेषज्ञ चिकित्सकीय मार्फत निशुल्क स्वास्थ्य उपचार सेवा पाएकोमा सुखी ब्यक्त गर्दै नवजीवन अस्पताल परिवारलाई धन्यवाद ब्यक्त गरेका थिए। अस्पतालका सिइओ चक्र खडायतले नवजीवन अस्पतालले यस अघि पनी बिभिन्न ग्रामिण क्षेत्रमै निशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको बताए। जसबाट बिरामीले स्वास्थ्य लाभ प्राप्त गर्दै आएको बताएका छन् ।