कञ्चनपुर। कञ्चनपुरमा रुखबाट लडेर घाईते भएकी एक महिलाको मृत्यु भएको छ।। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बसन्तपुरका अन्दाजी ६० वर्षीया अहिलादेबि बिष्टको हिजो (बुधवार) रुखबाट लडेर मृत्यु भएको हो।
विष्ट आफ्नै घर नजिकै रहेको कुसुमको रुखबाट घास काट्ने क्रममा लडेर गम्भिर घाईते भएकी थिइन्। उनको उपचारको क्रममा धनगढीको निसर्ग अस्पतालमा गएराति दुई बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।