धनगढी। धनगढी ५ शिवरनगरमा रहेको चैतन्य पाठशालामा सुशासन, दिगो विकास र समृद्ध सुदूरपश्चिम विषयक प्रादेशिक सम्मेलन २०८० आयोजना गरी सम्पन्न भएको छ ।
आज (बुधबार) चैतन्य पाठशालाको आयोजनामा सुदूरपश्चिमको समृद्धि, सुशासनको, दिगो विकासको यात्रालाई मध्येनजर गर्दै प्रादेशिक सम्मेलन गरिएको हो । वर्षमा एक पटक राष्ट्रिय सेमिनारको आयोजना गर्दै आइरहेको चैतन्यले प्रादेशिक स्वरूपमा उक्त सेमिनार गरेको चैतन्य पाठशालाले जनाएको छ । चैतन्य ग्रुप अफ कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले कार्यक्रममा बोल्दै विशेष गरी समृद्धिको, सुशासनको, दिगो विकासको यात्रामा सुदूरपश्चिमलाई केन्द्र भागमा राखेर राष्ट्रिय स्तरको चिन्तन गरिने जानकारी दिए ।
सुदूरपश्चिमको समृद्धि, सुशासनको, दिगो विकासको यात्राको बारेमा बौद्धिक बहस भएको बताए । उनले विकास, समृद्धि, राजनैतिक, प्रशासनिक एजेन्डा मात्र हैन विशेष गरी जनतासँग जोडिएको बहस भएकाले ऐतिहासिक कार्यक्रम रहेको जानकारी दिए । मुलुकको सुशासन र समृद्धिको यात्रामा मद्दत पु¥याउन चैतन्यले हरेक वर्ष सम्मेलन आयोजना गर्दै आएको बताएका छन् । कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले सत्ता सञ्चालन गर्ने राजनीतिक नेतृत्व इमानदार नभएसम्म मुलुकको विकास हुन नसक्ने बताउँदै त्यसका लागि इच्छाशक्ति र नेतृत्वमा इमानदारिता आवश्यक रहेको बताए।
नगर प्रमुख हमालले राजनीतिक नेतृत्व इमानदार नहुँदा मुलुकमा भ्रष्टाचार र अनियमितता बढेको बताए। आफुले पनी उपमहानगरमा भ्रष्टाचार अन्त्य गर्न तथा नागरिकलाई सुविधा दिन आफूले काम गरिरहेको उनको भनाइ थियो। औद्योगिकीकरण तथा शिक्षा र स्वास्थ्यमा विकास हुन नसक्दा सुदूरपश्चिममा गरिबी विगतको तुलनामा बढेको उनले बताए। सुदुरपश्चिममा ‘पर्यटन, उद्योगधन्दा, कृषि क्षेत्रमा उत्पादनको अवधारणामा जानुपर्ने बताए। तब मात्रै सुदूरपश्चिम समृद्ध हुने बताएका छन्। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राध्यापक डा हेमराज पन्तले मुलुकमा संघीयता आए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको बताए। रोजगारीका लागि भारत जानुपर्ने बाध्यता यहाँ अहिले पनि उस्तै रहेको उनले बताए।
बालक देखी बाजे पुस्ता सम्मको अवस्थाको स्थीती उस्तै रहेको उनले बताए । लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले हरेक व्यक्तिले सुशासनको महसुस गर्न नसकिएको हुँदा सरकार एकातिर, समाज एकातिर,राष्ट्रएकातिर भएको बताए । यसले गर्दा काम गर्ने व्यक्तिले राम्रो संग काम नगरेको उनको भनाई छ । सुशासनमा सबैको सम्मान, दिगो तथा बिकास हुनुपर्ने भएकाले सबै पक्ष एक हुन अनिवार्य आवश्यक रहेको बताए । जनताका आवाज सरकार र सदनमा कुरा उठानगर्नुपर्ने भएपनी हाम्रो समाज समग्र देशमा त्यसैले पछडेपन रहेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि लम्सालले यो कार्यक्रम राज्यका हरेक निकायले गर्ने हो तर नगरेको बताए । चैतन्य पाठशाला, चैतन्य इन्स्टिच्युट फर रिसर्च एन्ड डेभलपमेन्टले आयोजना गरेको सम्मेलनमा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनाली, सुदूरपश्चिम प्रदेश सभा सदस्य डा तारा जोशी, धर्मराज पाठक, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी, सिताराम भट्ट, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि लम्साल पत्रकार ,सामाजिक अभियान्ता, बिशिष्ट व्यक्ती लगायत सामाजिक, राजनीतिकलगायत क्षेत्रका व्यक्तित्वहरू प्रमुख वक्ताका रूपमा रहेका थिए ।