धनगढी : मदिरा व्यवसायी संघ कैलालीले आफ्ना सदस्यहरुलाई इसेवा केयर प्याकेज उपलब्ध गराएको छ। संघ र इसेवा प्रालिबिच भएको सम्झौता अनुसार संघका सदस्यहरुले १ लाखसम्म दुर्घटना बीमा तथा १ लाख २० हजारसम्मको अन्य खर्च सहित वार्षिक २ लाख ३० हजार बढीको आर्थिक सुरक्षा पाउन सक्ने मदिरा व्यवसायी संघ कैलालीका महासचिव कमल बमले बताएका छन।
नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम आयोजना गरी संघ र इसेवाबिच इसेवा केयर प्याकेज प्रयोग गर्ने समझदारी भएको हो। संघका अध्यक्ष प्रेम धामीका अनुसार अब मदिरा ब्यवसायी संघ कैलालीका सम्पुर्ण सदस्यहरुले सो प्याकेज पाउने छन् । यसका साथै पहिलो पटक संघले आफ्नै भित्तेपात्रो समेत बिमोचन गरुेको छ । कैलालीको गोदावरी नगरपालिका ९ भल्कामा आयोजित सुभकामना आदानप्रदान कार्यक्रमको अवशरमै भित्तेपात्रो बिमोचन गरिएको हो ।