कञ्चनपुर। कञ्चनपुरमा लुकाएर राखेको अवैध काठसहित सामुदायिक वन उपभोक्ता समितिकै सचिव पक्राउ परेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरले कृष्णपुर नगरपालिका(१ को बण्डमा रहेको जगदम्बा मयुर सामुदायिक वन उपभोक्ता समितिका सचिव गोविन्द पन्तलाई अवैध काठसहित शुक्रबार पक्राउ गरेको जनाएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद ढकालले खेतमा काठ लुकाइछिपाइ राखेको अवस्थामा पन्तलाई पक्राउ गरिएको जानकारी दिए । पन्तले अवैब रूपमा लुकाएर राखेको ५९ क्युफिट काठ समेत बरामद गरिएको डिभिजन वन अधिकृत कडेलले बताए। अदालतबाट म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
पन्त पक्राउ परेपछि मुद्दा मिलाउन राजनीतिक दलका केही नेताले सक्रियता देखाएका छन् । उनीहरूले डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारीहरूलाई समेत आर्थिक प्रलोभनमा पार्न प्रस्ताव नै गरेको स्रोतको दाबी छ । सो बारेमा अनुसन्धान भैरहेको जनाइएको छ।