धनगढी। प्रख्यात तथा चर्चित लोक गायक बिरेन्द्र साउँदले आफ्नो जन्म दिनमा डेउडा प्रतिष्ठानको कल्याणकारी कोषलाई रकम हस्तान्तरण गरेका छन् । आज (सोमबार) डेउडा प्रतिष्ठान बेङ्लोर शाखाका वरिष्ठ उपाध्यक्ष,बहुचर्चित लोक गायक,सर्जक एवं समाजसेवी साउँदले आफ्नो जन्मोत्सवको अवसरमा डेउडा प्रतिष्ठानको कल्याणकारी कोषमा ३ हजार २५६ रुपैयाँ रकम जम्मा गरेका हुन् ।
बहुचर्चित लोक गायक,सर्जक एवं समाजसेवी साउँदले जन्मोत्सवको अवसरमा रकम डेउडा प्रतिष्ठानको कल्याणकारी कोषका केन्द्रीय कोषाध्यक्ष प्रेम विवश चन्दद्वारा संस्थाको खातामा जम्मा गरेको संस्थाका केन्द्रीय वरिष्ठ उपाध्याय सुरत रावत“डोटेली कान्छा“ले जानकारी दिए।
पछिल्लो समय डेउडा प्रतिष्ठान केन्द्रीय समितीद्वारा स्थापित कलाकार कल्याणकारी कोषमा विभिन्न ब्यक्तिले आफ्नो र आफ्ना आफन्तजनको जन्मोत्सव संगै आफ्नो बैबाहिक उत्सबको अवसरमा समेत रकम जम्मा गर्न थालेका छन्। डेउडा प्रतिष्ठान केन्द्रीय कार्यसमितिले संस्थाका कोषाध्यक्ष प्रेमबिबश चन्दको जन्म दिनलाई सु–अवसर बनाई बैशाख २४ गते कलाकार कल्याणकारी कोषको स्थापना गरेका थिए । जन्म दिनमा फजुल खर्च नगरी कलाकारको हितमा कलाकारलाई अप्ठ्यारोमा पर्दा सुख दुःखको साथीको रूपमा कलाकार कल्याणकारी कोषलाई एउटा अभियानको रुपमा लिएर यो बर्ष कल्याणकारी कोष संकलन बर्षका रुपमा लिने संस्थाका केन्द्रीय अध्यक्ष दल बहादुर बोगटीले बताए ।
आफू कलाकारिता क्षेत्रमा लामो यात्रा गरेर प्रवासमा समेत लोक संस्कृति संरक्षणमा लागेको र लागिरहने डेउडा प्रतिष्ठान बेङ्लोर शाखाका वरिष्ठ उपाध्यक्ष साउँदले बताए । उनले डेउडा प्रतिष्ठानको स्थापनाले हाम्रो विरासत स्थापित हुने जानकारी दिए । डेउडा प्रतिष्ठानको अभियानमा सहभागी हुन पाउँदा आफु निकै हर्षित भएको सबैलाई सम्मान गर्दै आगामी दिनमा समेत यस्ता कार्यमा सहभागी हुनेछु, उनले भने, कलाकारको हकहितमा समेत समर्पित डेउडा प्रतिष्ठानलाई सम्पुर्ण कलाकर्मी र कलाप्रेमिहरुले कालान्तर सम्म जोगाऔँ।
साथै कल्याणकारी कोष जस्तो महाअभियानमा हातेमालो गरौं तथा आफ्नो जन्म दिनमा प्रतिष्ठानले आफू प्रती राखेको सद्भावका प्रती हार्दिक आभार व्यक्त गर्दछु । साथै वरिष्ठ उपाध्यक्ष साउदले आफुलाई शुभकामना आशिर्वाद दिनु हुने सम्पुर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गरेका छन् । केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरत रावत “ डोटेली कान्छा“ले यो कोष डेउडा प्रतिष्ठानको मात्र नभई समस्त विभिन्न कला क्षेत्रमा कार्यरत कलाकर्मिहरुको साहाराको रुपमा उभिने भएकाले यस्को वृद्धि( कल्याणकारी कोष) लाई सबैले प्राथमिकता दिनुपर्ने बताए । हामीले ऐन नियम बनाई अघि बढाईरहेका छौं। सबैले आ–आफ्नो जन्म दिने या अन्य कुनै दिनलाई विशेष दिनको रुपमा बनाई कोषमा जम्मा गरि यो अभियान सफल पार्न समेत उनले आग्रह गरेका छन् ।