कैलाली। कैलाली र कञ्चनपुरमा भारतबाट ल्याएका ५ लाखका अबैध सामान बरामद गरिएको छ। दुबै जिल्लाबाट जम्मा ४ लाख ८० हजार ५२२ मुल्यको सामान आईतवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
कैलालीको बिभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट ल्याएका १ लाख १७ हजार ९१० बराबरका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कैलालीको धनगढी वडा नम्बर २ ट्राफिक चौराह नजिकबाट, धनगढी वडा नम्बर ३ बाट, धनगढी वडा नम्बर १२ हनुमान मन्दिर नजिकबाट, भजनी नगरपालिका वडा नम्बर ३ काडा र भजनी वडा नम्बर ५ हलौनाघाटबाट अबैंध रुपमा भारतबाट ल्याएका उक्त मुल्यका सामान बरामद गरिएका छन् ।
यस्तै प्याज,चिनी, मिश्री,दाल,साबुन,बिडी,सुर्ती,चक्लेट,चियापत्ती,खानेतेल,पानीपुरी,प्लाष्टिक झिल्ली,पेय पदार्थ,सिद्रा माछा लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस्तै उता कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त–२ भासि, भीमदत्त–४ बसपार्कबाट, शिव मन्दिरबाट, भीमदत्त–५ सुकासालबाट, भीमदत्त–९ ब्रहमदेब दशगजाबाट, भीमदत्त–१० बिद्युत कार्यालय नजिकबाट, भीमदत्त–११ चौकीसत्ता र गडडा बजारबाट, भीमदत्त–१७ बडुवालबाट, बेलौरी नगरपालिका–१ बैशाखीबाट र पुनर्वास नगरपालिका–१० बिकासबस्तीबाट सामान बरामद गरिएको छ।
उक्त स्थानबाट ३ लाख ६२ हजार ६१२ मूल्यको प्याज,चिनी,मिश्री,दाल,साबुन,बिडी,सुर्ती,चक्लेट,खानेतेल,पानीपुरी,पेय पदार्थ,बच्चाको खेलौना, अचार,दाल,फलफुल, पंखाको चक्का,पंखाको पाता, ब्लाउज,सानो गल्बन्दी,सुट कपडा, माछा लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बरामद गरिएका सामानका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।