अत्तरिया। नेकपा एमालेका नेता गोकर्ण भट्ट एमालेकै सुदूरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्यमा मनोनित भएका छन ।
सुदूरपश्चिम प्रदेश कमिटिका सदस्य समेत रहेका उनलाई शनिबार सचिवालय सदस्यमा मनोनित गरिएको हो । त्यसबाहेक शनिबार बसेको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटिको बैठकले उनलाई वन तथा वातावरण विभागको प्रमुखमा समेत मनोनित गरेको छ। भट्ट यसअघि एमालेकै गोदावरी नगरकमिटिका अध्यक्ष समेत रहिसकेका छन। यस्तै कमिटीले २४ जनालाई प्रदेश कमिटीमा मनोनीत गरेको छ।
जसमा गोदावरीबाट २ जना रहेका छन्। राष्ट्रिय सभामा पराजित साबित्रा घिमिरे र पुराना नेता दामोदर रिजाल प्रदेश कमिटी सदस्यमा मनोनित भएका छन् । गोदावरी मा पुर्ब मेयर हरि सिँ साउँद र पुर्ब सांसद कृष्णराज सुवेदी भने प्रदेश समितिमा अटाएनन् । साउँद को पक्षमा बैठकमा चर्को लबिङ भएपनि उनी मनोनीतमा नपरेको बैठकमा सहभागी एक प्रदेश कमिटी सदस्यले बताए । बैठकले प्रदेशको तर्फबाट गोदावरी इन्चार्जको जिम्मेवारी खम्ब बुढालाई दिएको छ।