धनगढी। धनगढी उपमहानगरपालीका ५ को चैतन्य पाठशाला स्कुलले चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम गरेको छ । अहिलेको आधुनिक शिक्षा र २१ औं शताब्दीको अभिभावकत्व भन्ने मुल बिषयलाई समेट्दै आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रम गरेको हो।
सहभागी भएका अभिभावक,शिक्षक तथा बिद्यार्थीहरु बिच कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. हेमराज पन्तले राम्रो अभिभावक बन्न स्वयम ब्यक्ती नै सुघ्रिनुपर्ने बताए। अहिले २१ औं शताब्दीमा रहदा हामीले आजको समाज राम्रो बनाउन चाहाँन्छौँ। राम्रो घर परिवार,समाज, राष्ट्र भईदिए सौँच्छौं उनले भने तर राम्रो बनाउन प्रयन्तशिल रहँदैनौँ, हामी काम गर्दैनौं गफ बढी दिन्छौँ। त्यसकारण यो समाज परिवार राष्ट्र निर्माण पहिचान युक्त राम्रो समाज बनाउन हामीले आफू स्वयंमबाट र आफ्नो घरबाट सुरु गर्नुपर्छ, उनले भने ।
तर बिद्यालयबाट दिइने शिक्षा र सिकाइने संस्कार युक्त बाताबरण चैतन्य पाठशालामा छ,उनले भने। समाज परिवार तथा राष्ट्रलाई संस्कार युक्त बनाउने बाताबरण शिङ्गो चैतन्यमा रहेको र यसमा कोहि कसैले झुक्कीन नपर्ने दावी उनले गरे। पहिचान त्यो मानिसले कस्तो मानिस वा संगतसंग गरिरहेको छ भन्ने बुझिन्छ,त्यसैले चैतन्य पाठशालामा जुन चिन्तन छ अरुमा छैन् उनले थपे,जुन ठाउँमा बालबालिका र राम्रो बाताबरण छ त्यही ठाउँमा राख्न र आबश्यक छ ।यो कुरा हरेक अभिभावकले महसुस गर्नुपर्छ। त्यस्तै, चैतन्य पाठशालाका प्रध्यानाध्यापक कटक बहादुर सिँहले धनगढीमा चैतन्य अन्य भन्दा फरक बिद्यालय रहेको बताए।
शिक्षासहित संस्कार सिकाउँदै आएको पाठशालाले स्वदेशमै गरिखान सक्ने शिक्षा, कम शुल्कमा गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति उत्पादन, बिभिन्न ज्ञान,सीप युक्त कुरा बिद्यार्थीहरुलाई दिइरहेको उनको भनाई छ । यस्का साथै अभिभावक,शिक्षक बिच पनी यस्ता छलफलहरु भैरहेको जानकारी दिए। पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले आजको एक बालक बिश्व बजारमा र समाजमा भोलिका दिनमा प्रतिस्पर्धा गर्न सक्ने चिन्तन र भिजन लिएर चैतन्य पाठशाला परिवार अघि बढीरहेको बताए।
हिजोआज धेरै बालबालिकाहरु कुलतमा लागेर अभिभावक,परिवार, समाज चिन्तित भएको अबस्थामा उनीहरुलाई शिक्षा मात्र नभई संस्कार र समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने र राम्रो बालबालिका उत्पादन गर्ने कार्यमा चैतन्य परिवार लागेको बिश्वास दिलाए। चैतन्य आदर्श अभिभावक उत्प्रेरणा कार्यक्रममा चैतन्य पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. हेमराज पन्त,
कैलाली बहुमुखी क्याम्पसका सह प्रध्यापक सिताराम भट्ट ,पाठशालाका अध्यक्ष ,गणेश प्रसाद जोशी, पिटिए सदस्य गोरख खाति, पिटिए सदस्य मिनबहादुर ऐडी, सामाजिक अभियान्ता भिम पडाल, शिक्षक,पदम खड्का,शिक्षक,पत्रकार,अभिभावक , बिध्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन पाठशालाकी शिक्षिका हेमा जोशीले गरेकी थिइन् ।