प्यारो साथी धौले,
भौत भौत प्यार रे सम्राइ ।
तैले म्यासेन्जरमी लेखेइ चिठ्ठि पडे यार । कति लेख्द सक्या है ला तैले । उइल मेरा घर मेरी चीन लै नैथी इति लामी । मेरा ऐँसिन्या चालजसो लामो लेखी तैले । तल्ला स्कुला मल्लो ग्राउन्ड जति लामो लेखी यार । हात नैगल्लिय ला तेरा ? चोर आउँलो नैगल्लियो यार तेरो ? मलाइ पड्डै त भौत समय लाग्यो भने तो लेख्द झिक कति समय लागे हो ! अन्धेरैको है त लै । भगवान कसम यार, एक्फेरा त मेरा आँखा गल्लिए रे । जे भए लै तोलाइ मान्नुइपड्डछ यार धौले । साथि भन्या तै रैछै खास । बाल्यकाला एक एक कुरडी याद रैछ ला तो । म त बिसरिगैहै भनिमान्या थे ला । धौले नाउँ लै मैले राख्या त हुँ ला तेरो । आज भौत पछि त्यो नाउँ लेख्या धेके रे खुब भावुक भए यार । चिठा नाउँ त तेरो धनी थ्यो । जात्किका जसो नाउँ । नान्का छन्ज्याँ हाम गिज्याउन्थे, धिकी ? पछि स्कुल भर्ना हुनेबखत धर्मराज लेख्यो खौला ककाले । धौले त एकदिन मैले राख्दिया हुँ । तो यादै रैछन यार । अचेल फेसबुकमी त आफनो नाउँ “ड्यानी“ राख्या रैछै । भट्टारा दाइले आफना कुकुरो नाउँ राख्या थ्यो ला एक्फेरा । हा हा ।
प्रत्यक्ष कुरडी अद्दु भन्ना इसेरी लेखिपर कुरडी अद्दु न्यारै आनन्द आउने रैछ यार धौले । सम्जी सम्जी लेख्द मिल्ले, धिकी ? लेख्या बिगडिगेपर लै मेटिपर लेख्द पाइने । थप्द लै पाइने बिच्चबिच्चमी । तैले लेखेइ चिठ्ठि मैले नौकोटा स्कुल गैपर पृन्ट अरिमागे । मोबाइलमी त पड्डैन सक्किने यार । आँखा तिरमिराइगे । पृन्ट अरिमागे रे पड्डा लै सजि, पछि सम्म सुरक्षित राख्द लै सक्किने । तैले पठायै चिठ्ठी दुई तीन फेरा पडे यार । जति फेरा पडे लै धित नपड्डेइ ला धौले । के टुनामुना अरि ला तैले ? हुना त लेख्दा काडी है उइलैपठिको । स्कुल पड्डे बेला लै त कति निकि चिठ्ठी लेखन्थी, धेकी ? एक्फेरा तो सित लबलेटर लेखिमाग्या याद छ ला ? पछि अम्भिले तेरा अक्षर पछेनिहाल्यो यार । अङ्ग्रेजीका अक्षर लै तेरा जोर निका हुन्थे । तेरि फियर काफी सारिपर त म पास हुन्थे । मलाइ इत्तिको जान्ने बनाउने तै त है ला । और त भाग्य भाग्यै कुरडी हो यार । तेरा भाग्यमी अमेरिका लेख्या रैछ, मेरा भाग्यमी नेपालैमी हलो जोत्तो ।
तो अन्लाइनमी धेकन्थे सदाँइ । हरिय बत्ती बलिरन्थी । म्यासेज अद्दथे, तेरो रिप्लाइ नआउने । म त रिसाया है भनिमान्याथे । कैलेइ त भिडियो कल लै अद्दथे, त काट्दिन्थी । अफिस हुनहै । एक त तेरो मेरो समयै नैमिल्लो । तेरो काममी जाने बखत मेरो सिने बखत हुनि । सबैबेला म शीत ब्यालेन्स लै नहुने । डाटा लिया दिन हो तो फोन अद्दे । खुब सम्राइ लागन्छ यार धौले तेरि । तैले हाल्या एक एक फोटा तकन्छु फेसबुकमी । लाइक अद्दछु, कमेट्ट अद्दछु । त घुम्या फोटा हेद्दछु, त अफिसमी बस्या फोटा हेद्दछु । त गाडी चलाउन्लाग्या फोटा हेद्दछु । हरिक मान्नछु । हाम्लै सल्लाइ गाडी बनाइपर खेल्लथे के ,धिकी ? फल्ल्या बाड बनाउन्थे । त होटेला झुलामी झुल्या धेकिपर नान्का छन्ज्याँ बन रुखा बेलाइना सुइपानी खेलेइ याद आउन्छ । तैले त्याँ स्विमिङ पुलमी स्विमिङ अर्या फोटो धेकिपर म याँ गल्कुडी तालैना तैले मैले बाउँ हाण्या समुद्दछु । आफुले केइन अद्द सके लै तेरा प्रगतिमी खुश्शी हुन्छु । गाउँम्भो सबखी भन्नछु, मेरो साथी धौले अमेरिका छ ।
तैले मै साथी त साथी हुँ । त्यो भन्ना लै अर्को नाता छ ला हमरो । तेरा बाइ रे मेरी इजा दुनेला भाइबिना हुन । तेइ हिसाबले तै रे मै दाइभाइ पडे । तो भन्ना बर्सदिन जेठो हुँ । म दाइ भे, त भाइ । तेइ भन्ना बर्ता हाम साथी, धेकी ला धौले? ऐल भिट्या भे, इसेरी भात्ती खान्थे भन्नै तेरि ।
तैले लेख्या एक एक लाइन मेरा दिमागमी रिट्टलाछन यार धौले । कति कुरडी त म बिसरिगैथे । तैले आज याद अराइ । तैले मेरि कुरडी मात्तर झिक्क लेखिरैछै, तेरि लै भौत छन ला । त लै काँ कम्को है रे ! मलाइ पठायै चिठ्ठी फेसबुकमी हाल्या रैछै । सबले पड्यो । लाम्थडा पुस्पे भान्जले कतिनिकेरी पडिपर फेसबुकमी हाल्या छ । सबले सुन्यो तेरि लेखेइ चिठ्ठी । पड्ड नजान्नेले सुद्द सुन्यो तेरि कुरडी । कोइ कोइ त मेरि खिस लै काट्टलाथे कमेन्टमि । पख ला, आज मैले लै जान्या छु । म लै तोलाइ चिठ्ठी लेखिपर फेसबुकमी पोस्ट अर्दिने हुँ । पुस्पे भान्जलाइ भनिपर पडिमाग्दे हुँ । कतिनिकेरी पड्डाहान । रेडियमी बोलेइ मान्नछु म त । तेरा पोल खोल्दिने हुँ । गल्कुडाइ तालैनो बाउ हाण्णे बखत मलाइ मुत्या दोस लाई हे । त क्याद्द थि, भन्दिउँ ? ताला भितर छिरिपर क्याद्दथी ? तल्ला स्कुल जानेबखत अनारी खोला गोधराइनो मुतिपर जाने को वीर रैछ ? बिर्खर्मा तेर्छा चालम्भो मुतले आफनो नाउँ लेख्दे को रैछ ? घरहै जति मुतिपर गए लै बिस्नेखोला उच्चा ढुङ्ङामी कल्लिपर कुकुर मुताइ अद्दुइपड्डे तैले । बन बाखरा सित गया बखत सल्ला रुखम्भा आँशिले खोपिपर फोहोर फोहोर चित्र बनाउने को हो ? स्कुला ग्राउन्डमी बालुवाँमी आउँलाले फोहोर फोहोर चित्र बनाउने को रैछ ? त है कि म ? हा हा । भैग्यो ला धौले, के लाज अराउँ तेरि । के बदनाम अराउँ आफनाइ साथिको ? कतिप छन इसा किस्सा तेरा । एक उपन्यास बन्नेइहो ला सब लेखिपर ।
तैले लेखेइ चिठ्ठिले पुरानी कुरडी एक एक अरिपर उप्किन यार धौले । बर्स जाना के हुनाहान रे, धिकी ? तैले मै छुट्टिया लै बीस बर्स भन्ना झिक्क भैगे यार । माल्किभिणाम्भा तौड कोर्या आजै जसो लागन्छ । पन्द्रै राता दिन कति तौड खन्नथे, धिकी ? इस्कुलहै आउन्ज्याँ कानिनी झोला रे हातम्भो कसुलो समाइपर जाइजान्थे बन । तौडे माणा कति मिठा हुन्थे उइल । वसेइपर उति खान्थे, धिकी ? एक्फेरा खल्तोला पसेलाम्भो तौड खन्ने बेला कतनो स्याप धेक्किया हो, धिकी ? खुरिनलाग्या तौड उस्सै छाडिपर आइथे । अचेल लै नरहरीखि जयजात्क तौड खन्न जानाहान, नरहरी हाल्लखिलाइ ठिङ्ठिङरा ल्याउन बन जानाहान । तीन धेकन्ज्याँ म तेरि याद आउन्छ यार धौले । कतना कतना मुडा लेइपर आउन्थे ? कति डोका ठिङ्ठिङरा ल्याउन्थे भन्नै नरहरी हाल्लखिलाइ ? कति ठुली नरहरी हाल्लथे भुत्तडिगाडैनी, धिकी ? उत्तरायणी सम्म लै ननिमेइ हुन्थी यार । उसा जाडिम्भी , उसा ठण्ण पानीम्भा कसेरी हड हुन्थे नाङ्ङा बुधुङ्ङा भैपर , धिकी ? सब बखत हो यार धौले । अचेल पानी तताइपर लै हडैनो पानी हाल्ल मुस्किल होइजान्छ ।
चाकाइ जाँत भागिपर गया बिसरिग्या रैछै ला त । सातमी पड्डे बखत त हो मान्नु ला । घर सोदे रे नैजान्दियो आमाले । पछि स्कुलै बाटी लछ्छो, टेक्को, मुकुन्दे, देब्बोइ रे त म भागिपर चाकाइ जाँत गया नै हुँ ? झोला भतेखोला ओडारम्भा लुकाइगे । जानात गैगे, पछि रातभरी जाडिले कसेरी ठण्णिया हुँ ? एक पातलो बुर्साइतमि रात कटाया हुँ । न टोपी लैगेइ, न केइ पोटली । उ त मनाइ मुसेबटाइ कन्छी भेट्टिन रे उन्ले आफना भागो निसौसे दियो । नति भोकले मद्दे यार तेइदिन । जात्कै जाडी, ढुङ्ङामी ताडी । तिसै नैभन्या रैछ यार । चाकाइ जाँतै चुर त बिसर्या नैहोल्लै । खोड्खोडे खेल्या याद छ कि नै ला ? धामी कसेरी चुर पस्तथे, याद छ ? रातभरी ग्वानै चित्री गिज्जेया बिसरिगै कि ला धौले ? पछि उइको दाइ आइपर हाम्लाइ कसेरी डाठ्याँ हो । कि अमेरिका पुगिपर बिसरिगै ला धौले ? बिसरी भने मार खाने है । हा हा । त त पछि दोसयाँ जानैन पाई मान्नु चाकाइ जाँत , धिकी ? टुप्पा घरा किस्ने दाइले भाटीगाउँखी दुर्गी भगाइपर लेया नै हो तिसै बर्स ? दशमी पड्डेइ सीता खतेडा रामा पयँल गयै नै हो तिसै बर्स ? म त सब याद छ यार । किस्ने दाइ दुर्गी सित कुरडी अद्दलाग्या त धेक्या हुँ के तैले मैले । हाम्लाइ मुम्फली दिया हो ।
बड्डा केदारलै गया है मान्नु, धिकी ? दशमी पड्डामी हो मान्नु हाम गया । कसि पटाइ भयै हो भन्नै तेइ दिन । हाम्त बाटो बिसरिपर न्याराइ लाग्या नै हुँ ? त्यो देब्बो दाइ हो हाम न्यारै लैजाने । तेइका पछा लागे रे हराय । उ त बोरगाउँका रने कका नभेट्टिया भे काँ प पुगन्थे यार । कसि राम भैथी बड्डा केदार, धिकी ला ? अचेल उइला जति राम नैहुनि यार । नै प हुनि कि , म नै प मान्नो ? जानात अचेल लै जान्छु म । बड्डाकेदार जानेबखत सदाँइ तेरि याद आउन्छ यार । रातभरी कति गिलास चाहा खाया हुँ भन्नै ? पाँच रुप्पेमी कति मुमफली आउन्थिन, धेकी ? लम्थडाइ टिक्की हराया याद छ ला तो ? खोद्दाइ कसि आपत भयै हो तेइ दिन । गडसेरिका बस्ते थाउलामी है छुट्टि रे रात काँ प पुगि । पछि दुख दुख पाए, धिकी ? देउरो आउने बखत हो भिड हुनेइ अन्धेर । अचेल त बत्ती गै रे झिलिमिली हुन्छ यार बड्डाकेदार । अत्तरकाणा बाट गाडी लै निज्क पुग्गैन । मालहै कतिप आउना मान्छ अचेल । मान्छ्या भेरो लागन्छ । तेइलै उइला जसि राम नै हुनि यार धौले । टर्च रे झुरा उजालो कति निको लागन्थ्यो । गैँसा जति निको अचेलै रङ्ङिचङ्ङी बत्तिले नैदिनो यार ।
तेरि चिठ्ठि पड्डापड्डाइ दशमी बनायै अटोइ याद आइ यार । बगसैन हाल्या थे । मनाइ नैहरायै रैछ । जस्सा तस्सी । भौत बर्स पछि अटो पल्टाए । अक्षर र फोटा सजिब भैपर आए । एस एल सिको फम भद्दे बखत खिच्या पासपोर्ट साइजा फोटा पछेन्नै मुस्लिल यार । तेइबेला लेखियै साइरीले मन छोयो । अचेल त अटो बनाउने चलन हराइग्यो । उइतिक नबनाया भे ऐल कति साथी त बिसरिजान्थे यार । तेरा अक्षर कति निका । आलिबटा हिक्मते छुट्या रैछ । औरले सबले भर्या छ अटो । मुसेबाटा निर्मला फोटो कति निको धेक्कियो यार । बाउँ गलामिको तिलाकोटी कति निको धेक्कियो अचेल लै । अब त बुडि भैगै हो , धिकी ? निर्मला भन्यो रे एक कुरडी याद आइ ला धौले । याद छ तो ? नौमी पड्डे बखत हो मान्नु । पुर्वब्यवसाया पिरियड थ्यो । हिउना मैना तल्ला ग्राउन्डमि बसिपर भक्ते सर पडाउनलाथे । उइल स्काउटै लाउन्थिन जात्किमौ सब । स्काउटबाटी तैले फोहोर फोहोर धेक्थि कि कसुब ? नानो ढुङ्ङो हाण्या नै है ? बिचारी कति दिन सम्म लाजले स्कुलैन आइ निर्मला । तिति सम्म त अद्दु नैथ्यो यार तैले । खतेडाइ हिम्मिले लेखेइ साइरी पडिपर खुब हाँसे यार । हो, हिम्मी सित लै एक लफडा पड्या हो मान्नु एक्फेरा । छमि पड्डे बखत उ स्कुलै छुयै भैरे ब्यान्चमी रगत लाग्या थ्यो । तैले सबलाइ भन्दी, धिकी ? उ लै लाजले भौत दिनसम्म स्कुलैन आइ । सबले तेइ ब्यान्चैमी बस्त छाडिदियो पछि । अति हो यार तेइबेला । ऐल त सब पछुताउन्छु यार । हिम्मी पछि धामिगाउँ उम्या पयँल आइ यार । दशमि पड्डेबेला भामगाउँ दिन्नो सित नै थ्यो चक्कर ?
हडरानिको बिमले सेनामी गैगैथ्यो दशमि पड्डज्याँ । अचेल नौकरी छाडिपर कतार गयाछ । बन्वार टेकेइ रे ओजगाउँ पुस्पेले नौमी छाडिपहाल्थ्यो स्कुल । टेके पोरसाल खतेडाइ दशैँमि भेट्टिथ्यो । दोका स्कुलमी पिउन रैछ । पुस्पे कर्नाट प छ । हडरानिको गणेश लै डिबि पडिपर अमेरिकाइ रैछ, धिकी ? भिट हुन्छ कि नै तम दुइखी ? मैले त अचेल थापाए ।
धुपारीको नन्दे घरै छ यार अचेल । कसो उटपट्याङो थ्यो, धिकी ? हेल्थपोस्टहै अस्थाइ साधन लेइपर स्कुल सबलाइ बाण्णथ्यो । कक्षामी फोइबर उडाउने । लाज लै नमान्ने यार । कैलेइ मुलाइका झोलाइनो हाल्दिने । जति चुटाइ खाए लै उद्दबिद्दी अद्द नछाड्डे राणा छोरो । मुलाइलाइ खुब सतायो तिन्ने । लाज नभया नकच्चरो । बोली लै कसेरी फुचेरी थि भन्नै । फोहोर फोहोर मात्तरै बोल्ले । पडाइमी लद्धु । पछि पडाइ छाडिपर कर्नाट गयो । ऐल चेलो नेता भया छ गाउँम्भो । खडा स्कुलखी नानो दोकान हाल्या छ । अचेल तिसि कुरडी अरिपर हाँस्तछ राणा छोरो ।
धामिगाउँका चक्रेले ठाँटिमी होटल हालिपर बस्या छ । स्वाहानी नौकोटा स्कुलमी बालबिकास पडाउन्छ । हाम्सित पड्डे मुलेइमौमि त्यो सबभन्ना सोजो हो, धिकी ? पाद्दा भने काल हो यार चक्रे । ठुस ठुस पाद्दथ्यो कक्षामी । पछि त तेइसित बस्तै छाडिहाल्यो सबले । घरो परिस्थिती लै कमजोर । मुलेचेलो त हो बिचारो । झ्याउ, सम्मे, सत्तो , तज बेचिपर पडाया हो तेइखि आमाले । जे भए लै दुख्ख अर्या ऐल ठिकै छ परिस्थिती । पड्डा त तिन्ने लै एस एल सि कटाउन नैसक्यो । पाँच बर्स बेङ्लोर बस्यो । कुक रैछ । अचेल तेइ सीप काम लाया छ घर आइपर । खुब चल्लछ होटल लै । चाउमिन तेइ बनाउनो, जिलेबी तेइ बनाउनो । नौकोटा बिधार्थी हप्ट्याना बखत पोटलि खान ठाँटी पुग्दाहान । लालपुर नानो जग्गा लै किन्या छ भन्यो ।
भुल्खेतो चित्रे त मास्टर भया छ । पोराबर्स थाइ भयो । चनकट्ट्या स्कुल छ । भिट त खास नैहुनी मेरि । कातिका मैना देवता पुद्दे बखत भिट भयै हो । स्कुल पड्डामी कति कान पाकन्थ्यो, धिकी तेइको ? सब गिज्ज्याउन्थे यार तेइ “ कन्पक्को “ भनिपर । अचेला जसा न डाक्दर, न अस्पताल । कानम्भो गुदडा रुइ हालिपर आउन्थ्यो बिचारो । हार मान्नथे यार म त । अचेल निको भ्यो कि नै ? सोद्द बिसरिगे ।
मन्नाकापडिको धन्नो लै मैसित माओवादिमी गया हो । उ त सेना समायोजनमी पड्यो रे ऐल जर्नेल सम्म पुग्या छ । स्कुला होस्टेल त बस्तथ्यो । फटाहा फटाहाइ हो त्यो धन्नो । बिगाड जति आफू अद्दे यार, बाँच हाम लाउने । स्कुला म्वाल लात्तीले हाणिपर तोडिदिथ्यो । झ्याला साङ्ङल एक नै राख्यो तिन्ने । पडाउने बखत खुचपुची अरिराख्दे । न आफू पड्डे, न और पड्डदिने त्यो । पछाडिहै कसैखी कागतै पुछडी बनाइदेलो । पछि अङाल हालिपर फेरालो बाइर । कैलेइ मुलाइखी दोबट्टा बाद्देलो । कैलेइ जुता खुसाइपर मोजा सुमालो । एकफेर्या क्यार्यो , था छ तोलाइ ? त लै थि मान्नु सङ्ङ । बाटाखी पिसाब फेर्यो रे हाम कसैन नाङ्द दियो । लठ्ठी समाइपर बस्दियो चेलाले । नान्नाना जयजात्कले लेयै पोटली खाइदेलो । आफू मास्टरा धेक नपड्डे, उद्दबिद्दी अद्द नछाड्डे । महाको फटाहा ।
नौमी पड्डामी हो मान्नु हप्ट्याना बखत भतेखोला गैपर माछा माद्दथे, धिकी ? बल्छी लुकाइराख्दे ओराडम्भी । हप्ट्यान भैकी सिदा खोला । माछा बेचिपर चाउचाउ किन्नथे माणखेता दाइका दोकान । याद हुनाहान कि नै ? चित्ते, रमेश, बुद्दे, यज्ञ , केश्शो , त , म हुँ । कैलेइ त माछा माद्दा माद्दाइ पाँच घन्टिमी पुगन्थे । एकदिन इङ्लिस सरले कसेरी पिट्या हो भन्नै । तेइपछी भने छाडे ।
हाम्सित पड्डेइ मुलाइखिमौ त अब सब बुडि भैगैन यार । यैपाली तल्ला देशै दशैँमी सिमडाइ तुलि रे जमनखण्णै देबि भिट्या हुँ । माइत आयैथिन । पछेनेइन पछेने यार । ब्याअद्दी त चेली भैगिन तिनरी । अचेल यै फेसबुकले जे होस सब जोडिराइछ । तल्ला स्कुल छमी पड्डे बखत बोकडा थप्पो पड्डथ्यो , धिकी ? उ त अगल्दिन रुस गैपर मर्या रैछ यार । काहिँप रुसि सेनामी भर्ती भया रैछ । रुस युक्रेन युद्दमि मारियारैछ ।
नौकोटा स्कुल नौमी पड्डे बखत बार्शीक उत्सवमि नाटक खेल्या याद छन कि बिसरि गै ला धौले ? छुवाछुत रे चेलाचेली बिचो पक्षपाता बिसयमी बनाया थे, धिकी ? घिमिरे सरले लेख्दिया थ्यो नाटक । त धामी बन्या है । म डाक्दर । गुमि आमा बनी, धर्मे बा । गाउँका हुने सबले निको मान्या हो त्यो नाटक । हमरो नाटक निको मानिपर कन्ने कन्ने प भौतले पुरस्कार लै दिया हो, धिकी ? पछि छन्चरबार हाम कुन्केउल खान गया हुँ ।
बार्शिक उत्सवमी खुब राम हुन्थी, धिकी ला धौले ? खेलकुद उसै हुन्थ्यो । नाचगान उसै हुन्थ्यो । अचेलो के हुनो हो भन्नै । स्पिकरमी गित बजायो पुछड हल्लायो । तल्ला स्कुला बार्शिक उत्सवमी बोलाउहाना, जान्छु । हमरा दिनो बार्शिक उत्सवै याद आउन्छ यार । चार पाँच सदन हुन्थे बनाया । सदना आआफना नाँच हुन्थे । जै सदनो नाच निको भ्यो, पुरस्कार मिल्लथ्यो । मौलिक गित हुन्थिन । आफुइ मादल बजाउन्थे, आफुइ बाँसुरी । नात्त्या खुट्टाम्भा घुङुरा लाया हुन्थे । आफुइ गित गाउन्थे, आफुइ ताली । आहा ! रहड लागन्छ यार अचेल लै । बोरगाउँखि डम्मी कति निकि नात्तथी, धिकी ? खोल्खेतै गोमती सित त तलै नाच्या है मान्नु एक्फेरा । ओल्कट्ट्या खग्गो हो यार बाँसुरी बजाउना काडी । जसि गितमी लै ठ्याक्कै मिलाइदिन्थ्यो । म फ्यान हुँ यार खग्ग्वा । सब सदनमी उइ त बजाइदिन्थ्यो बाँसुरी । हमरा स्कुल तेइबेला सबभन्ना निकेरी बिसेखोला रतने हो मादल बजाउने, धिकी ? स्रोतकेन्द्रमी सबभन्ना निकेरी हो बजाउने । एक्फेरा स्रोतकेन्द्र स्तरिय नाच प्रतियोगितामि हमरो स्कुल फस्ट भया हो के । तेइ बेला मादल बजाउने रतने, बाँसुरी बजाउने खग्गो । नात्तेइ भिम्मी, अम्भी, तुली, चन्नरी । गित गाउनेमि तै रे मै लै हुँ , याद छ कि नै ? त्यो गित मलाइ अचेल सम्म लै कण्ठै छ ला धौले । टोप सरले बनायै गित हो । कति मोटि बाउन्ड काफी हुन भन्नै पुरस्कार मिलेइ । चौकीका स्कुल हुँ मान्नु गया ।
उइल खुब हुन्थे धिकी स्रोतकेन्द्र स्तरिय कार्यक्रम ? मल्ला स्कुल पड्डेबेला तैले मै हिसाब दौड रे भ्यागुते दौडमि भाग लिनाइ खतेडा स्कुल गया हुँ । हिसाब दौडमी फस्टै भया हुँ म , धिकी ? दुई कटाउरी पाया हुँ पुरस्कार । तीन कटाउरी ऐल लै मेरा घर छनाइछन ला धौले । तिउन खानेबखत हिसाब दौडै याद आउन्छ यार । हिसाब त तेरो लै मिल्या थ्यो भन्यो, आफनो नाउँ लेख्द बिसर्या रैछै तैले । भ्याउते दौडमी खडा स्कुल फस्ट भया नै हो ? हाम्त भौत पछा रैगे, धिकी ?
तल्ला स्कुल गैपर भने तिति भाग लिन नैपाए । एक त त्याँ बिद्यार्थी लै भौत । एक्फेरा हाजिरीजवाफमि फस्ट भया हुँ मान्नु । त, रमेश, मिना रेइ मै त हुँ मान्नु भाग लिने हमरा स्कुलहै । सामान्य ज्ञानै किताब मिलेइ हुन, धिकी ? तीन किताब लै मेरा घर छनाइ रैछन यार । पोराबर्स बगसैनी पाए । भलिबलमी हाम भागै लिन नपाउने । ठूल्ठूला मुले लिहाल्ला ।
भौत छन यार तोसित जोडियै कुरडी । हुना लै तैले मै त एक्फेरा लै नैछुट्टिन्थे, धिकी ? नङ मासु जसा । एक्फेरा कल भे लै उनन्तारै मिलिजाने । के अरे के नैअरे उइल । जयजात्कै बुद्दी त भैगै । उइतिक उसि बुद्दी आउनेइरैछ यार । अचेल पछुताउन्छु । मल्ला इस्कुल पड्डेबेला लै उद्द्बिद्दी अरे, धिकी ? नानाइ त थे मल्लास्कुल पड्डे बखत । स्कुला ब्यान्च नैतोडे कि पसेलाइना सुन्तला नैचोरे कि । किमुका रुखमी लुकिपर सर नै ढाँटे कि । हप्ट्याना बखत भागिपर गारिगडा माछा माद्द नैपुगे कि । बाउन्जर बम्मो दाइका मेलनस्पाती नैचोरे कि । मल्ला ग्राउन्डा भिणाइना लुकिपर तास नैखेले कि । अद्दु अरे, नअद्दु अरे, धिकी ? बैसाक जेठा मैना कक्षा छाडिपर काफल खान नैगे कि । परीक्षा बखत फट्टा उडाइपर दुमिल्लिगाड नैपुगाए कि । एक्फेरा डेउडोमरा दोकाना करेटी दारु चाख्या याद छ कि नै ला धौले ? तेइ दारुको नाउँ त के प हो बिसरिगे । दारु खाइपर खाली भयै बोत्तल निखार नुखुर अरिपर चाख्या यादै छन यार म । कसो तितो तितो थ्यो, धिकी ? त त बिसरिगै है । बालिबटा उमेले त ओखाल्या हो यार । हप्ट्याना बखत स्कुला पसेलाइना गैपर सुक्या पातै बिणि बनाइपर खाया त यादै होलो तो ? पातलीगाउँको लोग्गो हो इसि उद्द्बिद्दी सिकाउने । मुखम्भी गन आउनेइ हो भनिपर कागतिका पात चपाइपर कक्षामी छिद्दथे, धिकी ? एकदिन त आगो लागिसक्या थ्यो यार । बिणि सल्काइपर फाल्या सलाइँका काँटिले सल्ला कुसुमम्भो आगो लाग्या नै हो ? उ त मनाइ धन्नोले धेकिहाल्यो रे जग्गिए यार । नति तेइदिन हेडसरले मारिसक्या ।
मल्ला स्कुल हेलुव खाया त यादै छ कि ? सरकारले स्कुल पोटली दिन्थ्यो उइबेला । कति मीठो हुन्थ्यो भन्नै त्यो हेलुव । हाम्ले त एकबर्स मात्तर खान पाए मान्नु । तल्लो स्कुल हाइस्कुल हुनाले नैदिन्थ्यो मान्नु सरकारले । पछि तेल दिने नियम लेयो । मल्ला स्कुल पड्डेइ जात्की भट्टो तेल ल्याउन्थिन यार । तेइबेला त घर घर लाउन बाबर हुन पाक्दे । जैजैखी चेली मल्ला स्कुल पड्डथिन, उनरा घर तेलै जर्किनै जर्किन । असाडा मैना रोपाइँखि सबा गडामी पोटली बाबरै बाबर यार । रहड भनपन । हाम्त तल्ला स्कुल थे तेइबेला ।
नौकोटा स्कुल गैपर लै रामै भै । भौत त तैले लेख्या छै । तिनुइ कुरडी कति लेखु, धिकी ? केइ केइत त लै बिसरिग्या रैछै ला धौले । बिज्ञाना परिभासा कण्ठ अद्द नैसकिपर बिएस्सी सरले दिनभरी तल्ला ग्राउन्डमि कुकुडो बनाया बिसरिगै ला ? सामाजिकमी देशा रे राजधानिका नाउँ कण्ठ अद्द नैसकिपर बिस्ट सरले घङारुइ लठ्ठिले पुछडिमी हाण्या बिसरिगै ला ? स्वास्थ्या कक्षामी पातली सरले प्रजननो पाठ पडाउने बखत हाम हाँसे रे कसेरी चुटाइ खाया हुँ, धिकी ? तो रम्बासा पातमी लेख्या मात्तर याद रैछ ला । स्कुला पछाडिका भवनमी मेलले के के लेखन्थी ? कसा कसा चित्र बनाउन्थी, बिसरिगै ला धौले ? चित्र बनाउना त कालै है त । स्वाहानिको प्रजनन प्रणालीको चित्र दुरुस्त उतारिदिन्थी ला बाननम्भो । एकदिन इङ्लिस सरले पकड्या याद छ कि नै ? तोलाइ रे लोग्गोलाई अफिस लैगिपर कसेरी पिट्या हो पङ्ङेइ लठ्ठिले । स्कुलहै चक चोरिपर बिर्खमा ढुङ्ङामी नैलेखी कि ? खरियाँ गडा ओडारम्भा फोहोर फोहोर चित्र नैबनाइ कि ? के भनिमाग्देइ ला धौले ? हा हा । म लै बिसर्या नैथिन ला उइलै कुरडी । उ त फोनमी के भनु भनिपरो हुँ । अब तैले कनेइहाली, मेरि चिलेइ फुटिगै ला धौले । नौमि पड्डे बखत त लै लबलेटर लेखन्थी कि नै , नैलेखन्थी ला धौले ? बरालगाउँ मैसरिलाइ मन पडाउन्थी । उ माणखेत आफनी फुपुका घर बसिपर पड्ड्थी । उइकि फियर काफी मागिपर लबलेटर हालिपर दिया नै है ? दोसरा दिन इङ्लिस सर हातौँ चुटाइ ख्वाया बिसरिगै ? कति दिन सम्म स्कुल नैग्या है त ? स्कुल सरा नाउँ के के राखन्थे, याद छ ? बिएस्सी सरो नाउँ के भनी ? कुमडे राख्दे को हो ? हेडसरो नाउँ बाग राख्दे को हो ? रतन सरो नाउँ बिल्लो भनी कि ? हा हा । अचेल लै राख्दाहान यार जात्कै मौ सरो नाउँ । एक्त हाम्लेइ सिकाहाले उइलै बाटी । कल लै अन्धेर हुन्थी स्कुल, धिकी ? चोखलिगाउँको यज्ञ हो यार कल अद्दा काडी । सबजती सकिदिन्थ्यो । उइखी डरले सब हडैना मुत्तथे, धिकी ? सर लै डर मान्नथे यार । पछि पडाइ छाडिपर देश गयो रे स्कुल शान्त भया हो । मुले मुलाइका नाउँ जोडिपर कसेरि गिज्ज्याउन्थे, धिकी ला धौले ? तोलाइ को भनिपर गिज्ज्याउन्थे ला ? बिस्पराइ उर्मि हो मान्नु । मैसरिले चुटाइ ख्वाइपर पछि त उर्मिका पछि लाग्या नै है ? हा हा । लभर बनाउने चलन हुन्थ्यो, धिकी? भन्न नसक्दे, आफआफुइ गिज्ज्याउने मात्तर । धैँ रम्बासा पातम्भा ए प्लस पि लेख्यो कि , धौले प्लस किथ्थी लेख्यो कि । स्कुला बानन रय न बाटाम्भा ढुङ्ङा । पसेलाइना मेल रय न सरले छाडेइ चक । उसेरी बिद्यार्थी जीवन रमाइलै हो, धिकी ला ? तैले त मनाइ पड्ड पाई रे अमेरिका पुगि यार धौले । मेरि त पडाइ सडाइ तिसि भै । तो थाइ त छ । माओवादीले नैलैग्या भे थोक्काइ बर्ता पड्डेइ थे कि ? उइतिक तिसै भ्यो ।
अभियानमी कति लैग्यो, धिकी ? दुईफेरात त लै गया है मान्नु । नौमी पड्डामी त हो मान्नु तैले मै सङ्ङै गया अभियानमी । पछि त माल आइगै । म वँइ रैगे । उन्सित नजान्ज्याँ सुख्ख नैदियो । रातदिन घर आइपर दगाउने मात्तर । तेइपछी म आफुइ गैदिए । गए भनु कि लैग्यो भनु ? जे भे लै माउवादि भे । घर केइ नभनेइ गया हुँ ला । तेरि कति याद आउन्थी । दुई चार मैनापछी लालसेना भैगैथे । घर शाइसेना आउने रैछन । तेरा चेला बोला भनिपर आमाबालाइ सताउने । घरा हुनेले खुब दुख्ख पायो यार म माओवादिमी गैपर ।
साउन भदोका मैना गाडैना गैपर अर्खाइ तिपैना माछा चोर्या बिसरिगै ला ? आँटवालो त आँटवालोइ है त । एक्दिन बोरगाउँ हर्केइ तिप रैछ । उ त मनाइ था नैपायो यार । था पायाभे खलडी निकालिदिन्थ्यो । एक्दिन दुमिल्ली गाडैना माछा माद्दे बखत द्वाली उदरेइ याद छ ला ? दिनभरी लाइपर द्वाली बुजे, पानी उजेले । छाड्डिमबार माछा माद्देबखत द्वाली उदरि रे बर्बाद । के भ्यो के नैभ्यो, धिकी ला धौले ? एक्फेरा बन सल्ला रुखम्भी आग लाउने बखत तेरा रौँ पोल्लिया हुन कि नै ? हा हा । कसो मान्निया है ला तेइतिक त । पछि मैले घर था नैहोलो भने रे आँशिले रौँ मिलाइदिया हुँ तेरा । झिक चडखाय भयो । कति हाँसु ला ? लादा पिड भैगै । उइल कती हाँस्तथे, धिकी ला धौले ? त कति काउगुती मान्नथी भन्नै ? एकदिन पाँचमी पड्डे बखत त हो मान्नु, उच्कला खग्गोले तो काउगुती लाया सर पडाउन्लाग्या बखत । हा हा । डेक्समी कल्लेइपर कसेरी कुकुडो बनाया हो भन्नै । उच्कला खग्गो लै उदबिद्दी त उदबिद्दिकै हो रे । एकदिन क्यारा हो भन्नै ? ए ए , तैले इलास्टिक वालो सुरुवाल लाया थि तेइदिन । सबैका अघाडी तेरो सुरुवाल खुसाइपर भाग्या नै हो त्यो ? पछि तम दुइखि खुब कल लै भै । मल्ला स्कुल पड्डे बेला लै राम त रामै हुन्थी यार । सब्बै कुरडी त याद लै नैथिन म । डेउडोमराइमौको दोकान फोड्या बिसरिगै कि ला, छ ? सब पछाडी गोठ तास खेल्ललाथे । हाम करेटी तिरा झ्याल बाटी भितर छिरिपर पाँच गुल्कोच बिस्कुल, एक थैलो पिपलमेट चोर्या नै हुँ ? उ त था कन्नेइन पायो हाम हुँ भनिपर । बच्या हुँ भनपन । चोद्द सिकाउने को हो भन्नै ? रावलगाउँको चक्रे दाइ नै हो ? आफू चेलो भाग्ग्यो, हाम्खी चोरिपर सिमेखोला लेया भन्यो । त्यो चक्रे दाइ लै उट्पट्याङैको हो । एक्फेरा तिन्ने घर बान्नर पाल्या थ्यो । साङ्ङ्ल लाइपर बादिराखन्थ्यो । एक्दिन स्कुल लेइपर आयो । चक्रे दाइले बान्नर नचाया म यादै छ ला ।
भुत्तडा चेत्व दाइका बल्ल सित तेरा बल्ला लडाया याद छ ला ? राउनाखोला बन कसेरी लडाउन्थे, धिकी ? चेत्व दाइका वल्लो सिङ टुट्या नै हो तेइ दिन ? पछि हदर्यो चेत्व दाइको बल्ल । तेरो फुर्के जोरको हो यार । चेटा सिङ । लड्डा त कालै थ्यो यार फुर्के । सब डराउन्थे धिकी तेरा फुर्के सित ? दुत्यमी लाया फुर्का बैसाक सम्म रन्थे यार तेरा बल्ला । चेटा सिङ हुनाले नैहरान्थे फुर्का । बल्ल त पातलाथला रतन्या हुन यार जोरका । जुणि कतनी थिन, धेकी ? गोइ त मिलेकी हो यार । घाँट खाँक्कर लाया हुन्थे । हन्या ओरालाइना हिट्ट्लाग्या भे बल्लगोडा था हुन्थ्यो यार । सौसेरा डिल्या बड कतनो हो धिकी ला धौले ? गाउँमि जैको गाई बाली भे लै सब उसैका वाँ लैजान्थे । धेक्दा लै जोरको प थ्यो । उतनाइ सिङ, उसि जुणि । दुरहै माद्द आइजान्थ्यो । डिल्ले भन्ना दोसरा त काम लै नै । एक्फेरा तो कसेरी माद्दलाइ बट्टिया हो दुमिल्लाखी । तैले खिजेइ दिई ।
हुना त तो कति फुर्सद प छ ? म त अब लेखन्लाग्गे , कतिप लेख्दे हुँ ? दिक्क जनमानेइ ला धौले । म लै सुर चडिगै अब । नान्काइ छन्ज्याँका कुरडी आउन्लागे अब त । निङाला फिरफिरे बनाइपर उडाया याद छन कि नै ? सक्कियै सलाइँखि डब्बाम्भो धागो बादिपर फोन बनाया याद छन कि नै ला धौले ? कसेरी खेल्लथे, धिकी ? के खेले, के नैखेले । कसो खेले, कसो नैखेले । अचेला जयजात्क उइला जसा खेल नैखेल्ला यार अचेल । एक त हात हात मोबाइल भैगे। इन मोबाइललै सब बिगाडिराइछ । सब अल्छी बनाइदियो यार । घर भितरहै त कोइ निकल्लैन निकल्लो । उइल हाम उति खेल्लथे, धिकी ? बसाइतिक इजाब्वाले गाल्दिपर मात्तर भितर छिद्दथे । अचेला जयजात्कखि जाय मुलेइउ खेल्दिय भन्नुपड्डछ यार । जमाना के आए हुन भन्नै ? उइल हाम उति हुन्थे भाइबैनी मौ । हमरा इजाब्वाले कसेरी पालेहो, तालेहो भन्नै ? अचेल हाम दुई जयजात्क पाल्ल मुस्किल हुन्लाछ । भन्या त मान्नाइन मान्ना यार । टेड्डाइन टेड्डा, इजाब्वा त । कै खि भन्नै ? आफनाइ चेलाचेली धेकी हुक्क भैरैछु यार । त इसो भन्यो भनल्लै ठक्करेले । आफुले जति दुख्ख अरे लै चेलाचेलिले पडिदिए हुन्थ्यो जसो लागन्छ । अचेला चेलाचेली इजाब्वाले भन्या जसो काहीँ अद्देरैछन भन्नै । त मेरा जेठा चेलाइ हरखबरी सोद्दलाथि, धिकी ? भन्नाइ लै लाज यार । दस सम्म त नौकोटैका स्कुल पड्यो । पडाइमी लै ठिक्कै थ्यो । बार सम्म नौकोटै पड भन्या हुँ । नैमान्यो । माल जान्छु भन्यो । फुपुका घर बसिपर पड्डछु भन्यो । लौ ठिक छ पैँ जा भने । उइखी फुपुले लै पठाइदिय भन्यो । बस्तोइ रे खानाइको केइन पड्ड्थ्यो प । क्याम्पसो फिसै रे औतिर नानोबडो खर्च म पठाइदिन्थे । पछि काँ प के प बिगड्यो रे त्यो त, फुचेरा मुल्या फेला पडिछ । पडाइसडाइ सब बिगाड्यो । खर्चो खर्च । कोरियन भासा सिक्देरैछ चेलो । पछि कोरियन भासामी लै नाउँ निकाल्ल नैसक्यो । एक्तिर पडाइ बिगाड्यो , अर्खातिर रुप्या नाश । अचेल मलेसिया गैरैछ । त सोद्दलाथी गाउँको हरखबरी । सुन्ने है ला ? भनु ?
काँइखिनिहै सुरु अरु ? गाउँ उजडिग्यो । घर बाँज्जिगे । न गाँजरो पछेन्निनो, न खलो । भुड उमरिपर जङ्गल भैग्यो । कै गाउँखि कुरडी अरु ला धौले ? हमरा गाउँमि बैकाना नाउँमि एकै मै मात्तर छु । पोरसाल भुत्तडाइ जेठी आमा मरिन रे भितरहै मुर्दा निकाल्ले मान्छे कोइन भेट्टिए । परारसाल सिरौँतोलाइ डोटेल्ली बौजु मरिन रे गाउँ भरिमी जम्मा पाँच जना भे हाम मलामी । गरुडा रुख पुगाउनाइ मुस्किल भैगै । दरुवैँ बोक्दे मान्छे लै कोइन भेट्टिए । इसि डौल छ गाउँमि । त भनल्लै गाउँम्भा बैकान काँ गे ? काँ गे भनु ? मान्छेइन थिन गाउँमि । मुले जती देशै जान खोद्दा । मन्नाइ आँखाकान उगड्डज्याँ त देशै भन्ना । कै गाउँमि छन भन्नै मान्छे ? पैल्ली त घर बाँजा कसैकाइन थे । एक गए लै अर्खो आइपर बसिजान्थ्यो । अब त कोइन रय बसिरने लै । गडाबनम्भा उइल एक घर लै खाली नैहुन्थे । ऐल अब बाँज्जिन्लाग्गे । चोखलि गाउँ तिसै । भुल्खेतै बात तो थाइप छ । जिउनेबस्ता एक मौ मात्तर छ । माणिखेत तिसै । भामगाउँ लै उजद्दलाग्ग्यो । रावलगाउँमि एकै जेठी बौजु मात्तरै रयै छन । नडे दिनेसैमौको घर त छ रया अब । शेल्कोल्टाइ हालत तो थाइ प छ ला । गमरामी गमरा बर्त अद्देइ स्वाहानी नैरैन । चैत खेल्ले बैकान नैथिन । लखे लाउने मान्छ नैभेट्टिना । किर्यकोडामी कृयकारी कुर्दिने मान्छ नैथीन गाउँमि । भनिपर त इसो भन्यो भनल्लै ।
मुलेइ मौकि हरखबरि सोद्दलाथी । पातलिगाउँका जात्कैमौ को कर्नाट, कोइ बेङ्लोर छन । पथ्थरी घरो दुर्गे मलेसिया गया दुई बर्स भैगे । बाउन्जरो गोकर्णे जापान जाने भनिपर कस्सिया छ पोरसालधेकी । बालिबटा रुदे कोरिया गैग्यो पोरसाल । नौलेघरो सिद्दे पन्जापै प छ । भाडिको टेके गुडगाउँ । डाङ्घरो यज्ञ क्रोशिया । को छ भन्ने है घर ? मन्नाइ उबो हुने मै हुँ ला गाउँम्भो । दिक्क लागन्छ यार कैलेइ त । उबा हुना त कोइ रनैन लागे गाउँमि । देश गयो, दुई चार लाख रुप्पे कमायो, माल जग्गा किनिहाल्ला । पाँच्चै धुर पाए लै खुट्टो टेकाउनो बाटो होइजानो । मालै घर बनाइपर पहाड छुटिग्यो । हमरा गाउँमि मै रे खन्टेइ मात्तर छु माल जग्गा नभया । इसि छ डौल । कै खि के भन्ने है ला ? उजाड लागन्छ गाउँ ।
त सोद्दलाथी नेता भया छै कि भनिपर ? अब नेता कैखी भन्नेहै ? कै मान्ने है नेता ? मुस्किल छ यार गाउँमि राजनिती अद्दो लै । मेरा बारेमी तो थाइ त छ ला धौले । के भनु? साठी सालमी माओवादिमी लागे । लालसेना बनायो । रातदिन जनयुद्द सफल बनाउन लागे । काँ लडे, काँ नैलडे । काँ पुगे, काँ नैपुगे । इजा बिसरे, बा बिसरे । घर बिसरे, साथी बिसरे । एकमात्तर उदेश्य जनयुद्द थ्यो । तेइ पाठ सिकाया थ्यो । घाइते भे । छररा लाग्यो । घाइते जीवन पार्टिमा लाइराखे । जनआन्दोलन भ्यो । शान्ती सम्झौता भ्यो । सेना समायोजन भ्यो । म अयोग्य ठरिय । म समायोन हुन नैसके । हो, ला धौले । जैल म सित तागत थि, जैल म सद्दे थे, पार्टिले योग्य मान्यो । म बेचिए यार रुप्पेमी । दुई लाख रुप्पे दिपर घर पठायो । रुप्पे त दुई लाख थे । मलाइ जनम दिनेइ महतारी नैथिन । मलाइ करम दिने बा नैथे मसित । घरो पाखो थ्यो, पाली थि, बन्धारी थि, बानन थे । मलाइ माया अद्दे मान्छ नैथे तेइबेला । मेग आइपर ओत लाग्दे पाखो थ्यो, बतास आइपर जगाउने बानन त थ्यो । जाडी भै कि भनिपर सोद्देइ आमा नैथिन । खल्टिना त दुई लाख रुप्पे थे । भोक लागीकि भनिपर सोद्दे बा नैथे । हो ला धौले, खाया है कि भोकेइ है भनिपर सोद्दे मान्छ नैथे तेइबेला मसित । कै दोस दिउँ ? भाग्य हो आफनो आफनो ।
ब्या अरे चिउरिहै । भया रुप्पे कति ब्याम्भा खर्च भे । बटेगडो निखने खल्बटा कका सित । गुयँलिको लेक किने । चार किला बाखरा किने । बल्ल किने । दुई लाख भन्या कति हुनाहुन, धिकी ? दुई बर्स नैचले । खाने मान्छ थपिए । एका दुई भे, दुइका चार । रिण लाग्यो । अज रिण लाए रे मलेसिया गए । चार बर्स मलेसिया बसे । भिसा सक्कियो । घर आए । जयजात्क ठुला भैगे । भया रुप्पेले नौकोट दोकान हाले । राजनिती लै अद्देइ रहड लागि । पार्टीले वडा अध्यक्षा टिकट दियो । टिकट त दियो, रुप्पे आफना लागे । भया रुप्पे चुनाबमी सके । दोकान उधारो दिपर सके । मुलाकाजी मान्छ, उठाउन नैसके । चुनाब चतुरे ककाले जित्यो । म हारे । आफनाइ पार्टीकाले हरायो। तेइदिन बाटी राजनिती छाडे यार धौले । म डुबे । निक्केरी डुबे ला धौले । उठ्ठ नसक्दे अरिपर डुबे ।
लोटिपर उठ्या मान्छ म । जनयुद्दमी कति फेरा लोटे, कतिफेरा उठे । हिसाब किताबै नैथिन यार । कैलेइ आफुइ लोटे, आफुइ उठे । कैलेइ कन्नेइ घोच्चाइ लै दियो, हात समाइपर उठाइ लै दियो । हिम्मत नैहारे ला धौले मैले । चुनाब प हारे, हिम्मत त छनाइ थि । स्वाहानिका गहना बेचे रे बाखरा किने । गोठ बनाए निको । फम दर्ता अरे । सरकारले अनुदान दिन्छ भन्ना सुने । हमरा पार्टीको सरकार थ्यो । कर्मचारी लै हमराइ थे छनात । अनुदान पाउने लिस्टमी मेरो नाउँ कैलेइन आयो । छाड यार इसि कुरडी कति अद्देहै । जे छ, ठिक छ अब । चेलाचेली निका लाग्दिए होइजान्थ्यो ।
अगल्दिन तेरा घरै फुपु फोन अद्दलाथिन । दुमिल्ला पाठो दिनै रैछ । बैसाका मैना आउनेइ भन्यो । मलाइ कालो बोके खोजिराखेइ भन्या छ ।
दुमिल्ला शिकार खाया याद छ कि नै ला धौले ? उइल हमरी गाउँखि चेलिबेटीले दुमिल्ला पाठो दिया दिन त शिकार खानाइ बाहार हुन्थी, धिकी ? मीठो लै कती हुन्थ्यो भन्नै । दुमिल्ली गाडैना अनाराम्भा कसेरी जान्थे भन्नै । उसि अनारी रात, उसाइ चिफला ढुङ्ङा । एक्फेरा बाउन्जरा बजे कसेरी लोट्या हुन, धिकी ? मुन्टो फुटिसक्या थ्यो रे खल्कुडा चेत्व दाइले थामिहाल्यो मनाइ । भुटुव कति मीठो हुन्थ्यो भन्नै । उसाइ मिठा लाउन । जात्कै हुनाले मीठो प हुन्थ्यो कि भनिमान्नछु यार धौले ।
तेरा घरै काखिले पकाया फौने माणा कैलेइन बिसद्दो यार धौले । झिक ओखल कुट्या कति निका पकाउन्थिन । पाउरोटी जसा मान्नथे यार । केइ सालनैन चाइन्थ्यो मलाइ । तीन चार माणा त उसाइ खुलखुल निल्दिन्थे, धिकी ? खुब माया अद्दथिन, तेरा घरै काखी । नानो केइ मीठो पकाउन्ज्याँ म समुजिजान्थिन । अचेल खुब समुद्द्दछु म । कुराउनी खोकड्डज्याँ बोलाहाल्लेइ, मिराउनी हुन्ज्याँ बोहालाल्लेइ । हमरा घर गोरस नभया बखत कैलेइ निखलो नैखान्दियो । छाँच अद्दज्याँ , छाँच पुगाहाल्लथीन । राइतो बनायादिन राइतो ।
बगरै गुडिआमा रे भुत्तडाइ माइलि बज्यै खुब समुद्दिछन यार तोलाइ । भिडियो कल अरिपर धेकाइदे भन्निछन । उन्ले भन्या बखत कि त्या रात पडेइ होलि कि त अफलाइन होल्लै । कति माया अद्दथिन, धिकी ला हाम्लाइ ? केला पकाउन्ज्याँ हाम्लाइ डाँको लाहाल्लथिन माइली बज्यै । चमडिय सुन्तला पाकन्ज्याँ हाम्लाइ बोलाहाल्लथिन बगरै गुडिआमा । छ सातमी पड्डे बखत त हो मान्नु माइली बज्यै रे गुडिआमा सित सङ्ङै बाखरा चराउन गया । पछि माइली बज्यैले बेचिहाल्यो । बरिखा वारि जुगा बर्ता हुना भनिपर पोखरिका डाङ्ङाम्भा एकै बगाली लैजान्थे, धिकी ? बिनोला सम्म पुगन्थे यार बाखरा । बिनोला भने रे डाङघर साँइला ककाइ याद आइ ला ऐल । अचेल त उन्ले नङ्ङे घर बनाइपर बिनोलो टल्काया छ । केका केका प बोट लायाछन । माइली बज्यै बुडिगैन अब । आँखी कम धेक्दिछन । कानी लै नैसुन्निन निकेरी । चेत नैहुना उइला जति । उइल त फाग कति निकेरी गाउन्थीन । बातै उति हुन जान्नेइ । पन्द्रै राता दिन रात कटाइदिन्थीन, धिकी ?
दिउँसेडी जाँतै याद आउन्छ कि नै ला धौले? कति रहड लागन्थी धिकि उइल ? बिण्णिमी उकलिपर निराला धामी कसेरी काँम्या याद छ कि नै? दाइना दमाउँ, भोक्कर जनबिसरेइ ला । कति राम हुन्थी, धिकी? घरहै लैग्या बीस रुप्पेले धो हुन्ज्या खान्थे । पाँच रुप्पेमि एक मानो मुम्फली आउन्थी । दुई रुप्पेमी एक डल्लो पक्की मिठाई । पाँच रुप्पेइ जिलेबी खात ।
देवताइ पर्बिमी तेरि खुब याद आउन्छ यार धौले । देवता पुद्दे बखत आलमै रे घाँटै समाइपर कसेरी अघाडी लागन्थे, धिकी ? सिंहदलदेबी पुद्द गयादीन तैले मै सबभन्ना पैल्ली पुगिजान्थे माणु । उदैनी त जानैन पाई मान्नु तैले । बर्तिमन नअर्याले नैजाना उदैनि । देउखलामिको नङ्ङे मन्दिर त धेक्या होल्लै फेसबुकमी । अगल्दिन गोडेघरा पृमेले सब मन्दिरा फोटा रे भिडियो बनाइपर फेसबुकमी हाल्लाइथ्यो । देउखलामिको पुरानो घर उदारिपर नङ्ङे बनाया लै दुइतीन बर्स भैगे । बिचा खला डिणखी भागेश्वरो भणार बनाया छ नङ्ङे । मल्ला खलामी ठुलै त्रिशूल गैँट्या छ । उइलो देउखलो नैरयो अब । देउखलो त चम्किथ्यो रे मान्छ सुके गाउँमि ।
बाटो बन्यो रे भौत सजि भैरैछ अचेल । धनगढीहै दिपाइल सम्मै रोड निकि बन्दिए त तैले भन्या जसो गडसेरा बिकास भौत भैजान्थ्यो । कसुब ? के बन्नदिन्ना, धिकी? ठुलिगाड धेकी सहजपुरो रोड पिच हुन तीस बर्स लागे । इन नेता भर केइन मान्नु यार म त । हुना त गडसेरामी लै नेता नभ्या त नैहुन, धिकी ? तेइ लै बिकास खासै केइन हुन सक्या थिन यार । इसै माटिमी जन्म्याँ लै तितिन जना मन्त्री भयाछन । लेखराज कका केइ अद्दाहान कि भनिमान्या छु । यो बाटो सुरु अद्दे लै उनै हुन । उन्ले चाहे त कतनी बात थि रे ? लागिगेत के नै सकन्ना, धिकी ? तिति ठुला नेता छन । आफना मातृभुमिका निउती तिति त अद्दुपड्डे हो । कल अरिपर भए लै यो धनगढीहै दिपायल जोड्डे बाटो निको बनाइदिनुपड्यो । और नेता लै आउनाहान, भासण त अद्दाइहान । चुनाबा बखत जै पार्टीको उम्मेदवार भे लै यो बाटो बनाउँलाइ भन्नाहान । चुनाब जितेपछी धेकैन पड्डा । हमरो भाग्यै इसै प हो कि, हाम प इसा हुँ ? दिक्क लागन्छ यार । बजेट आउने दिन तकन्छु, अज उनुइ राता उनुइ सुइना । कोइ सुरुङ खन्ने भन्नाहान , कोइ द्रुत मार्ग । केइन बुज्जिनो यार इन नेताइ कुरडी । फटाफट बाटो निको बन्दियाभे केइ हुन्थ्यो कि भन्ने हो ला ।
सुरुमी गाडी धेक्या याद छ कि नै ला तो ? छ सातमी पड्डे बखत हो मान्नु हाम शिवरात्रीखी दिपाइल गया । दिपाइलै त हो सबभन्ना पैल्ली गाडी धेक्या, नै हो ? कति निकि बास आउन्थी, धिकी ? अचेला जति गाडी काहीँ चल्लथिन रे । बसै रे ट्रकै हुन धेक्किनेइ ल । दुरहै नानी मान्निनिन, निज्क पुगिपर भौत ठुली धेक्किनिन । चिलगाडी लै निज्कबाटी धेक्या दिपाइलै त हो । पारी एरपोट बस्तेलागेइ धेक्या हु । याँ अगास उड्डलागेइ कत्तनी मान्निनीनथिन, वाँ त भौत ठुली धेक्कीय धिकी ? मात्तरिका ढुङ्ङा भन्ना लै ठुली यार !
कसो मेला लागन्थ्यो धिकी शिवरात्रीमी दिपाइल । भिड कसि हुन्थी । काहीँ प आउन्थे यार तिति मान्छ । भाडिको टेक्को त हो मान्नु हराया ? पारी बाइसघाराइ फर्किने बखत भिडम्भो कैतिर प लाग्यो । पछि बामनिगाउँ कपिराज दाइले धेक्या रैछ पुला मुन्टाखी , उन लेइपर आए । बिसर्या त नैहोल्लै ? न फोन उइल ऐला जसा । कसि आपत भयै हो तेइ टेक्को खोद्दा
उइल त गडसेरा मान्छ सब सामान किन्न कि दिपाइल जान्थे कि ठुलिगाड । ठुलिगाड सबै सामान नपाइने हुनाले दिपाइलै जान्थे बर्ता । अचेल प गाडी आइन । नत्र त दिपाइलहै खच्चरैमी हुन झिक्क सामान बोक्दे । काल्डुमरा बामदेब दाइका खच्चर कति चल्लथे भन्नै । खडा उपाध्यक्ष कका खच्चर लै भे पछि त । हाम किताब किन्न दिपाइल गया याद छ्न कि नै ला धौले ? लक्ष्मी, मुकुन्दे, दिनेश, रमेश, टेके सङ्ङै गया त हुँ सात पास भैपर । इगल काफिकी याद छ कि नै ? बाउन्ड काफी हुन । चेलपार्क मसि । दुई तीन ड्वाइट लेइपर आउन्थे बर्सदिनलाइ, धेकी ? चार सरावाली डट्पेनो याद छ कि नै ? गोडेघर सुबासैमौको किताबो दोकान थ्यो पिपल्ला । जेठा कका हुन्थे बस्या । उनराइ दोकान त बस्या हुँ दिपाइल गयाबखत । चौधरी फोटो स्टुडियोमी खिच्या फोटो मसित छनाइछ ला धौले । कसि भिड हुन्थी धेकी किताब किन्नेइ ? बैशाका मैना सब खत्तिया हुन्थे पिपल्लाइना । होटेल सब प्याक हुन्थे । रोड काँइन थि प पुगेइ । सब दिपाइलै हुन पुग्दे । झिक किताबा दोकान त दिपाइलै लै दुई चार त थे । गोडेघरैमौले हो भन्यो पैल्ली किताबो दोकान हाल्या दिपाइल । दिपाइल गडसेरा भौता दोकान । नौघरिमौको दोकानै, ज्युनेबस्ता परौँटाइमौको सत्कार होटल । रमेशदिप गेस्ट हाउस धामिगाउँ बज्यैको भैग्यो । बोरगाउँ कमले ककालै बोहरा होटल । और लै थे भौत । इन त अचेल लै छनाइछन । अचेल त अब सब ठौर गाडी पुगिन रे गाउँ गाउँ दोकान । गाउँ गाउँ सिंहदरबार । नान्तिनो काम जोराइलै होइजान्छ गाउँपालिकामी । दिपाइल कामैन पड्डो उइलाजसो । उइलो छ सात घन्टा लाग्दे बाटो गाडिमी दुई तीन घन्टामि पुग्गिनो । उइला जसो दिपाइल रयो लै नै अब । बिल्डिङ ठुल्ठुला बने, मान्छ निखद्दाइ रय । अफिसै लै भौत घटिगे भन्यो दिपाइला । एक्फेरा प्रदेशो राजधानी बनाउने भन्यो दिपाइल । पछि तले गोदावरी घोषणा अरिराइछ । पैल्ली कसो थ्यो, धिकी ? सब टिणैका झोपडा हुन । हग्दमुत्तैलै गाड जानुपड्डे । हगन लागन्ज्याँ सेतिका बगड दौड्ड पड्डे । पर्भात कसि राम हुन्थी, धिकी ? सेतीका बगडम्भा लाइनले सब टुक्टुकाना बस्या धेक्किन्थे । लाज लै नमान्ने यार कोइ लै । मथिखी पुछड धुना, तलिखी पानी भद्दा । म त एकदुइ दिन रुचैन लागि सेतिको पानि खानेइ । आफ्फनाइ आँखाले धेकिपर कै रुच लागौ यार ? अचेल त घर घर खानेपानी आइग्यो भन्यो । सबा घर घर चर्पी । अचेल त म लै दिपाइल नगया भौत भैगे रे । खासै काम केइन पड्डो । पोराबर्स जेठ चेला नागरिकता बनाउन सिलगडी जानेबखत एक रात गोडेघरा नबराजा दोकान रया हुँ ।
नापानी बिसर्या त नैथी तैले ? दिपाइल आउजाउ अद्देबेला खानो खाने ठौर हो, धिकी ? अचेल मालपहाड गाडी चलिन रे नापानी लै सुकन्लाग्ग्यो यार । उइला दिन बास बस्ते ठौर हो भन्यो बुओबाज्या पालामी । हमरा दिनमी चाहापानी रे खानो खाने सम्म थ्यो । अब त कोइ रोक्किनाइन रोक्किना नापानीमि । दिपाइलै पटाइ नापानी आइपर टुट्टिथी, धिकी ? यैहड चिर्किट्या उकालो उकलेइ पटाइ रे उइहड सेरि धेकी सिरवाडिको उकालो उकलेइ पटाइ नापानीमि बसिपर टुट्टथी । उइलो नापानी रे अचेलो नापानी अगासपतालो फरक छ ला धौले । त बिसर्या त नैथिन नापानीको बोगटिको होटल ? उसै ऐँठो, उसाइ मुणा बाल्या हुन्थे । दिपाइल आउने जाने बखत कसेरी घाँटी अखरेइ हुन्थी । होटला भिणाइनो लाया घारा ठण्ण पानीले तीस मेट्टिन्थी । होटला डिणैतिर खालिइमि भैँसा बस्या हुन्थे, धिकी ? ड्वाङ ड्वाङ घाँटिना घाणा बद्दथे । कैलेइ बाटाम्भा भिट्टिन्थे । कोइ कोइ भैँसा त माराउ हुन्थे यार । भोज्जोलाइ मारिसक्या नै हो एक्फेरा राङ्ङाले ।
भोग मिठी प हो कि, भोजन प मिठी हुन्थि ? कती मीठो हुन्थ्यो धिकी नापानीको भात ? एक त दिपाइलै आउने बेला भोकाया हुन्थे भौत । कति खाइन्थ्यो कति । चाहा लै अन्धेर मीठो नापानीको । झिक्क दुद हालिपर बाक्कलै बनाया हुन्थ्यो बड्डाले । कैलेइ त गोठाला खर्क कुराउनी मिल्लथी यार निक्की । एक्फेरा खाया नै हुँ तैले मैले ?
चिठ्ठी लामि त नैमानी तैले ? इसै हो ला धौले, मनैना कुटिरा खोल्ललाग्गेपर के के प खोल्लिनाहान । अचेल त अब कसैसित निकिफुचेरी कुरडी अरु भने लै सुन्दिने मान्छ कोइनथिन याँ । सुदाइ चालडी काटिदिनाहान । दोकान गए लै सब आआफना मोबाइलैमी लाग्या धेक्किना । सबैसित मेरि कुरडी मिल्लिन लै नै । तेइहुनाले म त बर्ता दोकानैनो जानो लै नै । कैल्लेइ कामै पडिपर हो जाने ।
त भन्लाथी केइ बोटसोट लाभनिपर । मैले पोराबर्स बाटी लाउन सुरु अरिराइछु । पसेलाइनाइ दुई चार बोट कागती लाइराइछु । सेल्बटाम्भा अमिला लाए दस बोट । तिमुर लाया छु । भुत्तडी गाडैना गडामी धानगौँ लाउन छाडिदिए अचेल । कागती रे अमिलाइ लाया छु । खौलाइतिरा सोडामी चार पाँच बोट सुन्तला लाए । दुई चार बर्षमि फलिजान्ना मान्नु । बाइर जानेइ आहा नैपड्डि अब । राजनिती मेरापुत नै । नौकरी अद्दे उमेर सक्किग्यो । क्यारु सुद्दै घरकी बसिपर ? तेइहुनाले इसै खेतिपातीको काम अद्दछु । घरमुनिका चालमी सब भट्ट बुन्छु । धानमी भन्ना भट्टमी फाइदा माने मैले त । बान्नरै मात्र डर हुन्छ रे हो । अरु भने त जग्गाजमिन त खात छ रे । एकलै सक्दो नै । खुट्टामि गोलि लागेइ हुनाले बाउँ खुट्टा भर नैहुनो कैलेइ । बर्ता काम अर्या दिन खाइन्छ रात ।
कति लेखु यार ? मलाइ याद भयै जति कुरडी लेखिसके । लेख्द लै बिसरिगे अब यार धौले । चिठ्ठी नलेख्या लै बीस बर्सै भैगे । तैले नलेख्या भे, म लै इति याद नहुने । भौत भौत धन्यवाद यार तोलाइ । बिसद्द लागेइ कुरडी सम्जाइदी तैले । यिति लेख्द चार पाँच दिन लागे यार मलाइ । त पत्याल्लै ? गाइखाने । लेखु भन्नछु, आउँलाइ नचल्ले । आउँला चल्या बखत दिमागमी नआउने । इन दुइको तालमेलै मिलाउन मुस्किल यार ।
बिसरेइ जन यार धौले । उइल लै मेरा दुख्ख सुख्ख बुद्दे तैथी याँ । काँइ गल्ती अरिहाले लै बचाउने तै थि । सब याद छ ला । मेरा निउती कति अर्या है तैले । स्कुलो होमक सिकाइदिन्थी । उट्पट्याङ अरे लै, पडाइमी हाम्ले लापरबाइ नैरे, धिकी ? उपद्दर अरे लै अन्धेर नै अरे । त मिहिनेती थि यार धौले । बाखरा हेद्द गया बखत बन फियर बनाउन्थे । कैलेइ मेग आया दिन रुद्दथिन । कैलेइ ओडो लैजान बिसद्दथे । याद छ ? मलाइ लै फियर बनाउन सिकाउने तै त है । कक्षामी सबभन्ना निकि फियर काफी तेरि त हुन्थीन । अक्षर लै तेराइ निका । बार्शिक उत्सवमी सदाँइ पुरस्कार पाउन्थी त । तेरा जस्साइ अक्षर बनाउन भौत प्रयास अर्या हुँ यार , नसक्दे । तेरा बाटुला बाटुला अक्षर ऐल लै यादै छन मलाइ । बेलि अटामी लेख्या भौत बेरसम्म तके । आँखा रसाय यार धौले । गाइखाने ।
अम्रिका गया मान्छ फर्किया त कोइन सुन्या थिन मैले । त लै के फर्केल्लै, कसुब ? फर्किए लै क्याद्दे है याँ ? म लै दिक्क लागन्छ यार याँ । नफर्किए लै हाम जनबिसरेइ ला धौले । आफनो मातृभुमी जनबिसरेइ । आफनो मातृभासा जनबिसरेइ । डोटेलिमि कति निकि चिठ्ठी लेखी । तैले लेख्या धेकिपर मैले लै डोटेलिमी लेखे । डोटेलिमी नलेख्या हुनाले लेख्द भौत असजी भ्यो यार । बोल्ल त सदाँइ बोल्लैछु, धिकी । कैलेइन लेख्या हुनाले अक्षरै लेख्द नजान्ने यार । चार पाँच दिन लाइपर इत्ति लेख्या हुँ । कसिप भयै छ । लाज जनअरेइ, हा । मोबाइल लै पुरानो भ्यो रे एक्तिर छोइपर एकतिर जानो ।
लौ ला धौले, आज इत्ति लेखु हा अब ? त लै कैतिक पडल्लै इति । काममी जाने मान्छ । कैलेइ मिल्या बखत भिडियो कल अर्ला । कैलेइ थोक्थोकाइ इसेरी लेखेइ यार फुर्सद मिल्या बखत । पड्ड आनन्द आउन्छ । यैँखिनी छै कि जसो लागन्छ पड्डे बखत । याँको माया जनमारेइ । माल आया बखत एक्फेरा याँ लै पुगिगेइ ला जसेरी हुन्छ । भुत्तडी गाड सोद्दिछ तोलाइ । राउनोखोलो सोद्दछ तोलाइ बाँउ हाण्ण कैल आउने हो भनिपर । कोल्गैरा सल्लो सोद्दछ । काँ गया छ धौले भनिपर ? कैल आउने हो भनिपर सोद्दाहान यार मलाइ । दुमिल्ली गाडै साङु सोद्दिछ । गाँजरिगडामीको ओख्खड सोद्दछ । बिस्नेखोलाइनो छडो सोद्दछ् । बल्बोटो गडिया रुख सोद्दछ धौले काँ छ , पलाँ काट्ट नैआउनो के भनिपर । गल्कुडी ताल सोद्दिछ, बाउँ हाण्ण धौले नैआउनो के भनिपर । परलिमाँचा बिरामी बसिपर कुङ्ङे खोद्दलाग्या हुन्छ तोलाइ । घरा अघाडी घाडमी बसिपर कौव सोद्दाहान, धौले काँ ग्यो भनिपर । पाखा गुल्जाम्भाइ गयँडा खोद्दलाग्या हुनाहान तोलाइ । इसेरी खोद्दलाग्या, सोद्दलाग्या बीस बर्ष हुन्लाग्गे यार धौले । इति सम्राइ लागेइ छ तेरि । त आ मात्तर एक्फेरा, अङाल हालिपर इसेरी रुनेइथे एक्फेरा ।
निज्क निज्क भया भे त केइ पठाइदिन्थे तोलाइ । त तिति दुर भै । सेल्बटा दँते ओख्खड कति आउन्छ अचेल । भर्मिल्ला धुलो पठाइदिन्थे । ककेडेउलि पठाइदिन्थे । चोतेउडि पठाइदिन्थे, सिन्की पठाइदिन्थे । कापडो पठाइदिन्थे, चोच्चाना पठाइदिन्थे । मार्सी पठाइदिन्थे , बेथ्थे पठाइदिन्थे । कोद्या धुलो पठाइदिन्थे, तिमुर पठाइदिन्थे । क्यारु ? त तिति दुर भै । त एक्फेरा आ मात्तरै । सब ख्वाउन्छु तोलाई । स्वाद बिसर्या त नैहोल्लै ?
त एक्फेरा आ मात्तरै ला धौले । भुत्तडी गाड गैपर माछा मार्ला । कोल्गैरा बुङ्ङामी गैपर देबताइ बिण्णि बनाउँला । कल्कुडाइ ताल गैपर नाङ्ङा बुधुङ्ङाइ बाउँ हाण्ला । माल्किभिणाम्भा गैपर टाँटाँ खाउँला । सुइडा बन गैपर छापरा भरी काफल टिपिपर ल्याउँला । कनिउरा नोला पानीको सर्वत बनाइपर खाउँला । दुमिल्ली गाडै साङुमी कल्लिपर मारिहुन्ज्याँ हल्ल्याउँला । छेडेपानीका बन गैपर सुइपानी खेल्ला । पोखरिका डाङ्ङा गैपर चिड्को पड्या सल्लाम्भै झुरो गाडिपर ल्याउँला । खल्बस्ता गैपर कमेड माटी लेइयाउँला । मटेलीगोड गैपर सिउँता काटिल्याउँला । डोकोबिसाउने गडामिको घङारु खाउँला । ढाँण गैपर ऐसुलो खाउँला । उदैनीका बन गैपर निङाला काटिल्याउँला । चमडिय गैपर गुडिआमा सुन्तला खाउँला । जगरकोट गैपर हिउँ खेल्ला । ढाँणरा गैपर स्याउ टिप्ला । ग्वान गैपर पिणाउँको साग खाउँला । देउखला तल्तिरैनो कापडा रुखमी ओकलिपर कापडो टिपिपर अचार बनाउँला । मेरा अमिला टिपिपर नौलेघरै जाँतिमी पेल्ला । मेरा मौरा हेरिपर मह खाउँला, पुतला चाट्ला । गडाइना गैपर उमा पोलिपर खाउँला । भर्मिला खोलाइना गैपर कोदिनो टिपिपर अचार खाउँला । लिउणा साग पकाइपर डुब्का तिउन सित भात खाउँला । घरा तल्तिरा कुलाम्भहै झङ्करा साग टिपिपर घोगा रोटा खाउला । बुक्काइ अचार बनाइपर खजुराइ पोटलि खाउँला ला धौले । भुटेफाणा तिउन सित थापाचिनोको भात खाउँला । मेरा ओखलैना चिउडा कुटिपर दुदैना भिजाइपर पोटलि खाउँला । माली गाइको दुदैनो फुलिखाजा पकाइपर खाउँला । कुराउनी खोकड्ला, मिराउनी खाउँला । बेथ्थे भुटिपर खाउँला । तिरुव दाइले दिया सुयले ओख्खड फुटाइपर खाउँला । बल्बोटा ओडारम्भो आगो हालिपर सडे निकाल्ला । तल्ला घरै काखिको लदाम झडाइपर खाउँला सङ्ङै । भुत्तडाइ बज्यैसित अमिला मागिपर चुक बनाइ खाउँला । नेपानीका ढुङ्ङामी घुसुडी खेल्ला । अर्खेता ठुला ढुङ्ङामी कोदे चुट्ला दुयै भाइ । हनि गाडैना द्वाली बुजिपर माछा मार्ला । खल्तोला गैपर किन्भडा खाउँला, फल्दो खाउँला । आइजा मात्तरै एक्फेरा गडसेरा । त भनल्लै , इतनो बुडो भैपर के रहड अद्दछै ? तोसित बच्पनमी फर्किनेइ रहड छ ला म । एक्फेरा नानो जात्क हुनेइ रहड छ । उपद्दर अद्दे मन छ । हटेरा टिणमी ढुङ्ङा हाण्णे मन छ । खौला ओख्खडा रुखमीखि बछ्छिउँकि गोलि फुटाउनेइ रहड छ । के के छ, केके । त आ मात्तरै ला धौले । यैँ आइपर अर्ला जे अर्ला ।
लौ हा, इत्ति लेखन्छु अब ।
उइ तेरो साथी
ठक्करे
गडसेरा