वीरेन्द्रनगर। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।
यसअघि मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक आहृवान गरिएको थियो। सत्ता गठबन्धनमा भएको राजनीतिक सहमतिअनुसार मुख्यमन्त्रीले राजीनामा दिएका हुन् । कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सहमति सत्ता गठबन्धनमा छ।
केन्द्रमा भएको सहमति माओवादी केन्द्रबाट मुख्यमन्त्री रहेका शर्मालगायतले कार्यान्वयन गर्न मानेका थिएनन्। लामो छलफलपछि उनी राजीनामा दिन तयार भएका हुन्। मुख्यमन्त्री शर्मा २०७९ पुस २७ गते बुधबार कर्णालीको तेस्रो मुख्यमन्त्री बनेका थिए। शर्माले राजीनामा दिएसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।