धनगढी : हाम्रो देशमा समाजवादको बहस चलेको करिब ७ दशक भइसकेको छ नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसका संस्थापक नेता बि.पि कोइराला लगायतका नेताहरु पनि नेपालमा जोनलक को बिचाराधारामा आधारित समाजवादी बहस शुरु गरेको देखिन्छ भने त्यसपछि कम्यूनिष्टहरुले पनि समाजवादी बिचारधारा मै आफ्ना राजनीतिक कार्यक्रमहरुको मोडेल दिन खोजेको देखिन्छ । नेपाल को संविधान २०७२ बनेपछि त औपचारिक रूपमा समाजवादी बहसले औपचारिकता पाए पनि कुन समाजवाद भन्ने विषय अहिलेसम्म पनि राजनीतिक दलहरू स्पष्ट देखिदैन । हुन त नेपालको संविधान नै एउटा मात्र बिचारधारा दस्तावेज होइन विद्यामान राजनीतिक विचार धारा कांग्रेस कम्यूनिष्ट देखि परम्परावादी एवम् पुरातनवादी राजनीतिक दल को समेतको साझा दस्तावेज भएर होला ।
नेपालको संविधानमा पनि माक्र्सवादी समाजवाद कि प्रजातान्त्रिक समाजवाद भन्नेमा नै राजनीतिक दलहरू चरम बिभाजनमा देखिन्छन् यसकारण पनि संविधानमा समाजवाद उन्मुख लेखिएता पनि सरकारले समाजवादी निति तथा कार्यक्रम आज सम्म कुनै पनि सरकारले ल्याएको छैन । बौद्धिक जगतमा पनि समाजवादी निति तथा कार्यक्रमको विषयमा पुर्णरूपमा बहस भएको पनि देखिदैन । यधपी समाजवादी सटर भन्ने दिनप्रतिदिन खुल्दै गएका छन तर ति सटरहरु तिर नेपाली जनताको ध्यानाकर्षण भएको खासै देखिदैन कारण हाम्रो देशमा समाजवाद बिचारधारा पनि आफ्ना दलिय र निजि स्वार्थ मिसाएर समाजवादी बहस र कार्यक्रमहरु तय गर्नु र नितान्त रूपमा निजि बिचारमा समाजवादी व्याख्या गर्नु नै समाजवाद तिर जनताको ध्यान नजानु प्रमुख कारण हो । भने अर्को कारण सत्ता र सत्तामा सिट पाउदा रातोरात प्रजातान्त्रिक समाजवादीहरु माक्सवादी समाजवादको पक्षपोषक हुने र माक्सवादीहरु जोनलक समाजवादको पक्षपोषक भएर आउनाले जनताहरु समाजवादी बिचाराधारामा निकै भ्रमित भएको अहिलेको वस्तुगत अवस्था हो । तर नेपाली जनता र नेपाली जनता वर्गीय धरातल तिर वस्तुगत र आत्मगत अवस्थालाई ध्यान दिने हो र नेपाली मतदाताको भावनालाई कदर गर्ने हो भने नेपाली मतदाताले माक्र्सवादी समाजवाद पक्षपोषक भएर आफ्नो मौन समर्थन मै देखिन्छ।
किन कि मार्क्स र एंगल्स कै विचारलाई आधार मान्ने हो भने पनि समाजवाद एउटा राजनैतिक तथा आर्थिक सिद्धान्त हो । जस्ले वस्तुको उत्पादन, वितरण र विनिमयको स्वामित्व केवल समाजले मात्र ग्रहण गर्ने गर्दछ । त्यसैले समाजमा कुनैपनि ब्यक्त्तिले, ‘निजी सम्पत्ति राख्न पाउनु हुदैनन् । माक्र्स र एंगल्स ले भनेका थिए । उनीहरुको त्यो भनाइ जोन लकको विचारभन्दा बिलकुल फरक थियो किनभने लकले, ‘ब्यक्त्तिगत सम्पत्ति राख्न पाउनु मानिसको नैसर्गिक अधिकार हो,’ भनेका छन् र त्यसैको आधारमा ४ मार्च १७८९ मा अमेरिकन संविधानको निर्माण भएको थियो । अझै मार्क्स र एङगेल्सले के पनि भनेका छन् भने पुँजीवाददेखि साम्यवादमा रुपान्तरण हुँदै गर्दाको बीचको अवस्थालाई नै समाजवाद भनिन्छ । जुन समयमा कृषिजन्य पदार्थहरु, उधोगधन्दाहरु लगायत कच्चा पदार्थहरु साझेदार समाजले स्वामित्व ग्रहण गर्न थालिसकेको हुनेछ ।
त्यसपछि क्रमशः सर्वहारा, मध्यमवर्ग र उच्च घराना वर्ग बिचको विभेद हट्दै जान्छ र वर्गविहीन समाजको निर्माण हुन्छ । त्यो नै विश्वको उत्कृष्ट वैज्ञानिक समाजवाद हो ।यसको ब्यबहारिक प्रयोगले मात्र समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यभार पुरा गर्न सक्छ ।तसर्थ माक्र्सवादी चिन्तक र अनुयायीहरुले यसै समाजवादको निमित्त एकता र गोलबद्व हुनुपर्ने अहिले राजनीतिक वस्तुगत आवश्यकता बनेको छ ।
लेखक: मिनराज बडु इन्चार्ज नेसपा सुदुरपश्चिम प्रदेश