धनगढी। कैलालीबाट विभिन्न मुद्दाका ४ फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीलेचेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका जोशीपुर गाउँपालिका–१ बस्ने दिलीपसिह बोहरालाई पक्राउ गरेको हो।
यस्तै ठगी मुद्दामा १ महिना २७ दिन कैद सजाय ठहर भएका कैलारी गाउँपालिका–९ बस्ने शिवकुमार चौधरी, अपहरण तथा शरीर बन्धक मुद्दामा ३ वर्ष कैद सजाय र ३० हजार जरिवाना ठहर भएका कैलारी गाउँपालिका–८ बस्ने राजेश चौधरी तथा सोही मुद्दामा ३ वर्ष कैद सजाय र १० हजार जरिवाना ठहर भएका कैलारी गाउँपालिका–८ बस्ने सिताराम चौधरी रहेका छन्।उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भैरहेको छ ।