कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्। जिल्लाको बेलडाँडीबाट महेन्द्रनगर जाने क्रममा बेलडाँडी–दैजी सडकखण्डमा मोटरसाइकल दुर्घटनामा हुँदा मानवहादुर चन्द र उनकी पत्नी निलम भट्ट घाइते भएका प्रहरीले जनाएको छ ।
चन्द नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष हुन भने भट्ट स्वास्थ्यकर्मी हुन्। दुबै जनाको हात र खुट्टमा चोट लागेको छ। उनीहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। भने घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।