धनगढी। नेपाल परिवार दलले धनगढी उपमहानगरपालिका वडा न १९ मा वडा कमिटी गठन गरेको छ । आज (सोमबार) नेपाल परिवार दल सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरीको प्रमुख आथित्यमा वडा नम्बर १९ मा वडा कमिटी गठन गरिएको हो।
मदन खडकाको अध्यक्षमा १९ सदस्यीय वडा कमिटी गठन गरिएको नेपाल परिवार दल सुदूरपश्चिम प्रदेश संयोजक नागरीले जानकारी दिए। कार्यक्रममा जिल्ला अध्यक्ष बिशाल चौधरी, जिल्ला सचिव प्रकाश सिह धामी, जिल्ला सदस्य सीता पाठक र नेपाली प्रवासी परिवार चेन्नाइ तमिलनाडु राज्य समिति भारतका सदस्य चित्र देउवाको सहभागी रहेको थियो।
वडा नम्बर १९ को अध्यक्षमा मदन खडका,उपाध्यक्षमा कलावति पार्कि, सचिवमा राजेन्द्र विश्वकर्मा, सह–सचिवमा कमल पार्कि, कोषाध्यक्षमा धर्मा देबि थापा चयन भएका छन्। यस्तै सदस्यहरुमा लक्ष्मी चौधरी, जानकी देउवा, कासी सार्की, तुलसी बिष्ट, कोपिला कठायत, लाल बहादुर रोकाय, सीता कठायत, जमुना खडायत, प्रेम बहादुर बिक, दल बहादुर के.सी,राम बहादुर कोली, देव बहादुर बोगटी, सेर बहादुर थापा र दिल बहादुर बिक चयन भएका छन् । नेपाल परिवार दल सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरीले सम्पुर्णलाई स्वागत तथा बधाई ब्यक्त गरेका छन् ।