धनगढी। कैलालीको धनगढीबाट अबैध काठ बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका(१७ पथरी गाउँ स्थित सोही ठाउँ बस्ने ५९ वर्षीय रामप्रसाद चौधरीको घरको आगनमा डल्लबमा लोड गरी राखेको सालको गोलिया थान–१ (१८ क्युफिट)अबैध काठ प्रहरीले आईतवार राति नियन्त्रणमा लिएको हो।
प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी गस्ती टोलीले डल्लबमा लोड गरि राखेको अवस्थामा उक्त अबैध काठ फेला पारी कारवाहीको लागि चौधरीसहित काठ र डल्लबलाई प्रहरीले सब डिभिजन वन कार्यालय फुलबारीको जिम्मा लगाएको छ।