कैलाली। वैशाख १५ गते हुने उपचुनावका लागि माओवादीले बझाङबाट जनक बुढाको एकल नाम सिफारिस गरेको छ । जिल्ला पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ मा बुढाको नाम सिफारिस गरेको हो । उनी प्रदेश कमिटी सचिवसमेत हुन् ।
उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ। माओवादी केन्द्रका प्रदेश कमिटि सचिव रहेका बुढा २०५६ सालमा अखिल क्रान्तिकारी हुँदै पार्टी राजनीतिमा आएका थिए । २०७० सालको दोस्रो संविधानसभा सदस्य रहेका बुढाले बझाङ जिल्ला अध्यक्ष र इन्चार्जको भूमिका निर्वाह गरिसकेका छन् । बझाङमा नेकपा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेकपा एसले दीलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। भने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश समितिले १० जनाको नाम सिफारिस गरेपनि केन्द्रीय समितिले निर्णय गर्न बाँकी छ ।