बैतडी। बैतडीमा हावाहुरीले एक श्रोत केन्द्र भवनको छानो उडाएको छ । शनिबार दिउँसो पानीसंगै आएको हावाहुरीले मेलौली नगरपालिका २ सलेनास्थित धर्मघर माविमा रहेको श्रोत केन्द्र भवनको छानो उडाएको मेलौली नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णदत्त भट्टले बताए ।
हावाहुरीले दुई कोठे श्रोत केन्द्र भवनको छानो उडाएको अध्यक्ष भट्टले बताए । हावाहुरीले छानो उडाउनुका साथै छानोमा प्रयोग गरिएको काठमा समेत क्षति पुर्याएको छ । श्रोत केन्द्र भवनमा पछिल्लो समयमा विद्यालयले विभिन्न गोष्ठी, सेमीनारका लागि सभा कक्षको रुपमा प्रयोग गर्दै आएको थियो । हावाहुरीले छानो उडाएपछि ५० हजार बढीको क्षति भएको अनुमान गरिएको छ । जस्तापाताले छाएको छानो उडाएको विद्यालयले जनाएको छ । श्रोत केन्द्र भवनको छानो उडाएपछि गोष्ठी, सेमीनार लगायतका कार्यक्रम गर्न समस्या हुने विद्यालयले जनाएको छ ।