धनगढी। कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराह, टीकापुर नगरपालिका-९ पुरानो भन्सार १०५ नम्बर पिल्लरस्थित भित्री सडक खण्डबाट र भजनी नगरपालिका-३ कुसुमघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको हो।
उक्त स्थानबाट एक लाख दुई हजार ६८५ मूल्य बराबरको प्याज, चिनी, नरिवल, बिडी, सुर्ती, मैदा, मिठाई, माछालगायतका सामान शुक्रवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।