धनगढी। धनगढी वडा नम्बर ७ मनहेराका आगलागी पीडितलाई खाद्यान्न सहयोग गरिएको छ। धनगढी उपमहानगरपालीका वडा नम्बर ७ का आगलागी पीडित बटु बिकको परिवारलाई चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले खाद्यान्न सहयोग गरेका हुन् ।
वडा नम्बर ७ का वडा अध्यक्ष मोतीराम रानाको समन्वयमा पाठशालाका अध्यक्ष जोशीले पीडित बिक परिवारलाई ७ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेको चैतन्य पाठशालाका प्रध्यानाध्यापक कटक बहादुर सिँहले जानकारी दिए।
चैतन्य पाठशालाका अध्यक्ष जोशी आज (शुक्रबार) पीडितकै घरसम्म पुगेर चामल, चिउरा,बिस्कुट,नुन,तेल,चिनी,सोडा,साबुन लगायत अन्य आवश्यक खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए। खाद्यान्न हस्तान्तरण गर्दै यसप्रकारको संकटको बेला सबैले मानवीय सहयोगमा हातेमालो गरी सहानुभूति देखाउन अनुरोध समेत गरेका छन्।