डोटी। डोटीको सेती नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। डोटीको दीपायल–सिलगढी नगरपालिका– १ तिहा कहरेकुडाका १८ वर्षीय महेश खड्काको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सेती नदीमा नुहाउन गएका उनी शुक्रवार दिउँसो डुबेका हुन। उनी जिल्लाको दीपायल–सिलगढी नगरपालिका-३ बासुधारास्थित सेती नदीमा डुबेका थिए। नुहाउने क्रममा खड्काको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिंह नेगीले जानकारी दिए। नदीमा नुहाउने क्रममा दिउसो १२ बजेर ४० को समयमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव नदीबाट निकाएको र घटनास्थलमा पुरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।