काठमाडौं। नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाको पनि शल्यक्रिया भएको छ। हिजो बुधबार भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पताल, सकेटमा उनको हाइपरथाइरोडिजम(घाँटीमा रहेको थाइरोइड ग्रंथी) को शल्यक्रिया भएको सचिवालयले जनाएको छ।
आरजु विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरुको सल्लाह अनुसार भारतको नयाँ दिल्लीमा फलोअप उपचार गर्दै आएकी थिइन्। हाल उनको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्श अनुसार अझै केही समय अस्पतालमै रहने सचिवाललयले जानएको छ।यस्तै एमाले नेता तथा पूर्वसचिव टोपबहादुर रायमाझीको मुटुको चालमा समस्या देखिएको छ।
मुटुमा समस्या देखिएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएराति भर्ना गरिएको छ। चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको बताइएको छ। रायमाझीलाई रिँगटासँगै मुटुको चाल कम भएपछि भर्ना गरिएको थियो। आज रातिसम्म उनको मुटुको चालको अध्ययन गरेपछि चिकित्सकहरुले थप उपचारको बारेमा बताउनेछन्।नक्कली भुटानी शरणार्थी काण्डमा पक्राउ परेका रायमाझीलाई प्रहरी सुरक्षामा अस्पताल लगिएको हो।