धनगढी। सुदूरपश्चिमको बाजुराकी २० वर्षीया अमिसा कार्कीले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेकी छन्। बाजुराको बुढीनन्दा नगरपालिका–७ पान्डुसैनकी कार्कीले साउथ अफ्रिकाबाट पाइलट अध्ययन गरेर उडान समेत सफलता पूर्वक सम्पन्न गरेकी हुन्।
बाजुराजस्तो दुर्गममा जन्मिएर पढेकी २० वर्षीय अमिसा हाल साउथ अफ्रिकामा छिन्। गत मङ्सिरमा नेपाल छोडेकी उनी साउथ अफ्रिका पुगेर पढ्न थालेकी थिइन् । उनले उतै हालै पाइलटको ट्रेनिङ र पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जनाइएको छ।उनका पिता मीन कार्कीले छोरीको सफलताले आफू निकै हर्षित भएको बताउँदै छोरी पाइलट बन्ने भएको जानकारी दिए।उनले आफ्नी छोरीले १८ महिने ट्रेनिङ सकेको र अब नेपालमा लाइसेन्स लिएर पाइलट बन्न सकिने बताए।उनका पिताका अनुसार अमिसाले बाजुराबाटै १० कक्षा पास गरेर काठमाडौं गएकी थिइन् । काठमाडौंबाट १२ पास प्लसटु पास गरेर साउथ अफ्रिका उडेकी थिइन्। अमिसा बाजुराको सदरमुकाम मार्तडीस्थित गैरीबजारमा रहेको क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मिनकी जेठी छोरी हुन् । शैक्षिक क्षेत्रमा क्रियाशिल रहेका कार्कीले छोरीको पाईलट बन्न सपना पुरा हुन् लागेकोमा खुसी व्यक्त गरेका छन् ।
छोरीलाई राम्रो लगानी गरेर डाक्टर बनाउने ईच्छ्या थियो, तर छोरीले पाईटल बन्छु भनेपछि छोरीको पाईलट बन्ने इच्छ्या पुरा गर्न लागेको बुवा मिनले बताए । अमिसाको १८ महिने पाईलट कोर्ष पुरा गर्नका लागि मात्रै करिव ८० लाख बढी लगानी लाग्ने भएको छ। मीनका जम्मा ५ वटा सन्तानमध्ये ४ छोरी र १ छोरा छन्। मीनको भने अमिसालाई डाक्टर बनाउने चाहना भएकोमा अमिसाकै इच्छाअनुसार पाइलट बनेको बुझिएको छ।साउथ अफ्रिकाको १८ महिने पाईलट कोर्ष अध्ययनपछि अमिसा नेपाल आएर लाईसेन्स परिक्षापछि को-पाईलट बन्ने र त्यसपछि पाईलट बनेर नेपालमा उडान गर्ने उनका बुवा मिनबहादुर कार्कीले बताए ।
समाजमा छोरीलाई पढाउनु हुन्न् भन्ने आम बुझाईलाई चिर्नकै लागि भएपनि छोरीका लागि लगानी गरेको अमिसाका बुवा मिनले बताए । उनी भन्छन् छोरीका लागि पनि छोरा सरह नै लगानी लगाउनुपर्छ। अमिसा क्रियटर जोन एकेडेमीबाट एसइई परिक्षा दिने पहिलो व्याजकी परिक्षार्थी हुन् । उनले एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएर पास भएकी थिईन् । सानै देखि पढाईलाई नै पहिलो प्राथमिकता राखेर अगाडी बढेकी अमिसाको पाईलट बन्ने इच्छ्या पुरा हुन् लागेकोमा बाजुराबासी खुसी भएका छन् । अहिले उनलाई बधाईको समेत ओइरो लागेको छ। अमिसालाई बाजुराकै पहिलो महिला पाइलट भएको दाबी समेत गरिएको छ ।