धनगढी। कैलालीको कर्णाली पुलबाट हाम फालेका लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३२ वर्षिया लोकेन्द्र शाहीको शव सन्कट्टी घाटमा फेला परेको छ ।
चैत्र १२ (सोमवार)कर्णाली चिसापानी पुलबाट हामफाल्दा बेपत्ता भएको शाहीको शव तीन दिन पछि फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवत्ता लभ शाहीले बताए। होलि पर्वको दिनमा साथीहरू संग कर्णाली पुल माथि बाट हाम फाल्दा शरीर अनियन्त्रित भई उनी पानीमा डुबेका थिए।
उनको शव खोजतलासका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी,सेना र स्थानीयले खोजी गरेका थिए । बिहीवार उनको शव तीन दिन पछि टिकापुर स्थित सनकट्टि घाट नजिकै फेला परेको टिकापुर प्रहरीले जनाएको छ । सनकट्टि घाटमा लास भेटिएको खबर आएको छ प्रहरी जाँदै छ इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी विश्व अधिकारीले बताए ।