धनगढी। धनगढीमा बहुविबाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले बहुविबाह मुद्दामा ११ महिना १२ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भई फरार रहेका धनगढी १५ उर्माका ३५ वर्षीय कुबेर चौधरी बुधवार दिउँसो पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कनरी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धनगढी(२ ट्राफिक चोकबाट पक्राउ गरेको जनाएको छ। फैसला कार्यान्वयनको लागि उनलाई प्रहरीले अदालत समक्ष पेश गरेको छ। उनीमाथी थप अनुसन्धान भैरहेको छ ।