बझाङ। बझाङमा आईतबार (हिजो) राति एक होटेल र खुद्रा पसलमा एक्कासी आगलागी भएको छ। बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ९ बागथला स्थित भानबहादुर बिष्टको जस्ताका पाताले छाएको ४ कोठे भुईतले होटेल र खुद्रापसलमा अचानक आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार हिजो (आईतबार) राति ९ बजेतिर पसलमा अचानक आगलागि भएको जनाएको छ। आगलागि भएको प्रहरीलाई जनकारी दिना साथ केशब ठगुन्नाको कमाण्डमा ४ जनाको प्रहरी टोली र स्थानियको सहयोगमा राति ९ः२५ बजेतिर उक्त आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको र मानबिय क्षति नभएको प्रहरी निरीक्षक एंव सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिए।
क्षति भएको बिबरण आउन बाँकि रहेको र आगलागी सम्बन्धी थप अनुसन्धान भई भईरहेको प्रहरीले जनाएको छ ।