बैतडी। बैतडीको दोगडाकेदारमा एक किशोरी मृत फेला परेकी छन् । बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ बर्षीया पशुपति महरा मृत फेला परेकी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार पशुपति घरभन्दा दुई सयमिटर टाढा रहेको बाँजको रुखमा झुण्डिएको अवस्थामा महरा फेला परेकी हुन् ।
शनिबार राति उनी झुण्डिएकी र आइतबार बिहानै झुण्डिएको देखेपछि प्रहरीलाई खबर भएको प्रहरी निरीक्षक केसीले बताए । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयका पाटनका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठीको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।