दार्चुला। दार्चुलामा भुईमा लत्रिएको तारबाट करेन्ट लाग्दा एक महिला गम्भिर घाइते भएकी छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलकी ५५ वर्षीया कुमारी तितरा करेन्ट लागेर गम्भिर घाइते भएकी हुन्।
शुक्रबार दिउँसो १२ बजेको समयमा घर नजिकै बाख्रा चराउने क्रममा भुइँमा लत्रिएको तारमा छुनगई करेन्ट लागेर घाइते भएकी हुन् । दार्चुलाको गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि रेफरको तयारी भइरहेको छ ।
उनको शरीर अधिकांश भाग जलेको छ । विद्युत वितरण केन्द्रसँग बेलाबेला लाईन मर्मतका लागी माग गर्दा कुनै सुनुवाई नभएको स्थानीयहरुको गुनासो रहेको छ।