काठमाडौंँ। पूर्वसभामुख कृष्णबहादुर महरा अहिले केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा छन्। उनी चैत ५ मा रुपन्देहीबाट पक्राउ गरेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरासँग बयान लिइरहेको छ ।
स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधबारबाट जिल्ला सरकारी वकिल कार्यालयमा ल्याएर बयान लिइरहेका छन् । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले उनलाई प्रश्न गरेका छन्। भेप प्रकरणमा बयान दिँदा महरा भक्कानिएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘बयानको क्रममा उहाँ भक्कानिनुभएको छ ।’
महरा ८ प्रकारका औषधी सेवन गर्छन् । उनको घाँटीको टीबी र मस्तिष्कको नशामा समस्या छ। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनस् मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगको प्रतिवेदनको आधारमा नेकपा(माओवादी केन्द्र) का उपाध्यक्ष समेत रहेका महरालाई अनुसन्धान गरेर ‘पुरक प्रतिवेदन’ जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिने सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए। इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर सुन तस्करी गरेको घटनामा पूर्वसभामुख कृष्णबहादुर महराको ‘कनेक्सन’ देखिएको छ ।
भेप प्रकरणमा यसअघि प्रहरीले संगठित सुन तस्करी गरेको कसुरमा अनुसन्धान गरेको थियो। सो मुद्दामा महरालाई पनि प्रहरीले ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्नसक्छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसीआईबीले बिहीबार माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ । महरा बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालय पुगेका थिए । ‘दिउँसो १ बजेतिर महरा सरको बयान सकेर अस्पताल फिर्ता गरेका छौं । महरा सरसँग हाम्रो तर्फको बयान सकियो । अब केही बाँकी भएर सरकारी वकिल कार्यालयले लिन्छ होला’, सीआईबीका एक अधिकारीले भने ।