धनगढी। धनगढी ५ मा रहेको चैतन्य पाठशालाले धनगढी उपमहानगरपालिकाको हरित धनगढी अभियानलाई सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित आर्थिक सहयोग गरेको छ ।
धनगढी उपमहानगरपालिकाले सुरु गरेको अभियानमा पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले सहयोग स्वरूप रु एक लाख धनगढी उपमहानगरपालिकालाई सहयोग गरेका हुन् ।चैतन्य रिसर्च एन्ड डिभलपमेन्टका प्रमुख डा.हेमराज पन्तको उपस्थितिमा नगर प्रमुख गोपाल हमाललाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
धनगढी उपमहानगरपालिकाले सञ्चालन गरिएको हरियालीमय धनगढी अभियानलाई ऐक्यबद्धता जनाउँदै नगर प्रमुखको कार्यकक्षमै पुगी सो रकम हस्तान्तरण गरिएको हो ।सहयोग बारे नगर प्रमुख हमालले चैतन्य पाठशालाले गरेको सो सहयोग बारे प्रशंसा गर्दै हार्दिक धन्यवाद व्यक्त गरे । शिक्षा र संस्कारको संगम भन्ने मूल नाराका साथ संस्कार युक्त शिक्षालाई चैतन्य पाठशालाले जोड दिँदै आइरहेको छ ।उपमहानगरले कार्यक्रमलाई सार्थक पार्न सहयोग गर्नेका लागि ४१७०१००३०५०१०००२ नम्बरको राष्ट्रिय बाणिज्य बैँकमा खाता सञ्चालनमा ल्याएको छ।