धनगढी। कैलालीमा कार्यररत दुईजना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार डीएसपीद्वय कुलदिप चन्द र गणेश बहादुर बरालको सरुवा भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यररत डीएसपी चन्दलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयमा पठाइएको छ। उनको स्थानमा जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कबिन्द्र सिंह बोहरा आउने भएका छन्।
यस्तै इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यररत डीएसपी बरालको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह पश्चिम नवलपरासी,अन्वेषण योजना शाखामा गरिएको छ। उनको स्थानमा वागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीमा कार्यररत गंगा बहादर थापा आउने भएका छन्। उनीहरुसँगै प्रहरी प्रधान कार्यालयले बुधबार १४१ डीएसपीको सरुवा गरेको हो।