कैलाली। दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन्। आफ्नो सरकारी क्वाटरमा आफै आगो लगाएको भन्दै उजुरी परेपछि उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
फागुन २४ गते प्रमुख प्रशासकीय अधिकृत अधिकारी बस्ने सरकारी क्वाटरमा आगो लागेको थियो। २४ गते राति प्रमुख प्रशासकीय अधिकृत अधिकारी सुतिरहेको समयमा अज्ञात समूहले आक्रमण गरेको भन्दै नजिकै रहेको इलाका प्रहरी कार्यालयमा पुगेका थिए। आक्रमणपछि आफू झ्यालबाट भागेर ज्यान जोगाएको समेत उनको बयान थियो ।प्रहरी निवासमा आउँदा झ्यालको सिसा फुटेको र निवासभित्र आगलागी भइरहेको थियो । तर प्रहरी अनुसन्धानमा सो घटनामा गराउन कुनै बाह्य व्यक्ति संलग्न भएको नभेटिएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार घटना अधिकारी आफैँले गराएर सरकारी सम्पत्तिमा क्षति पु¥याएको भन्दै गाउँपालिकाले नै अधिकारीविरुद्ध जाहेरी दिएको छ । त्यसकै आधारमा अधिकारीलाई आइतबार नै प्रहरीले पक्राउ गरेको उनले बताए ।
उनीमाथि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको हो । घटनापछि कर्मचारीका विभिन्न संघसङ्गठनले आक्रमणको प्रयासको विरोध गर्दै अनुसन्धान गरेर दोषीमाथि कारबाहीको माग थिए । २०८० भदौमा अधिकारी मार्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका थिए ।
‘‘आपराधिक उपद्रो गरेको अभियोगमा उनीमाथि अनुसन्धान भइरहेको छ,’’ सिंहले भने, अहिलेसम्मको अनुसन्धानमा सो घटना गराउन त्यहाँ बाह्य व्यक्ति संलग्न भएको भेटिएको छैन । घटनापछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आफू झ्यालबाट हाम फालेर बाहिर निस्किन सफल भएको बताए । जिल्ला प्रहरी कार्यालयको टोली समेत पुगेर घटनाबारे अनुसन्धान गरेको थियो । तर तथ्यले भने घटनामा अधिकारी नै संलग्न भएको भेटिएको केही स्थानीय जनप्रतिनिधिहरूको दाबी छ ।गाउँपालिका बाट स्थानीय दर्ता नभई संचालन गरिएका क्रसर उद्योग र अवैध मदिरा विक्रिवितरण बन्द गर्नेबारे फागुन २४ गते प्रमुख प्रशासकीय अधिकृतले पत्राचार आधारमा उनि माथी आक्रमणको प्रयास गरिएको भन्दै गलत प्रचार गरिएको थियो ।