धनगढी । धनगढी उपमहानगरपालिकाको कार्यालयमै गएर एकजनाले बिस सेवन गरेका छन् । उपमहानगरपालिका वडा नम्बर ६ मटियारीका गणेस रानाले धनगढी उपमहानगरपालिकाको कार्यालय भित्रै गएर बिस सेवन गरेका हुन् । बिस सेवनपछि उनलाई उपचारका लागी सेती प्रादेशिक अस्पताल ल्याइएको छ । अस्पतालमा उनको उपचार भइरहेको छ ।
प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले रानाको अवस्था गम्भीर र स्थिर रहेको बताए । ‘विषादी सेवन गरेका केस जटिल नै हुन्छन् । उहाँको अवस्था पनि गम्भीर छ,’ कमरले भने, ‘आईसीयूमा राखेर उपचार भइरहेको छ । अहिले केही भन्न सकिने अवस्था छैन ।
गणेसका बुवा रामलाल रानाले धनगढीका मेयर गोपाल हमालसंग छलफल गर्न भनी छोरो घरबाट उपमहानगरपालिका गएको तर पछि अचेत अवस्थामा अस्पतालमा भेट भएको बताए । उनलाई बोलाउन सादा पोसाकमा नगर प्रहरी घरमै पुगेको उनले बताए । रामलालले भने घरबाट निस्कँदा केही समस्या नरहेको तर उपमहानगरमा लगिएपछि केही मिसावटका वस्तु सेवन गराइएको आरोप लगाएका छन् ।
उपमहानगरिय प्रहरी बल प्रमुख भुपेन्द्र खड्काले भने त्यस बारे कुनै जानकारी नभएको बताए । त्यो घटना बारे मलाई जानकारी छैन उनले भने “हामी कतै गएका छैनौँ, घटना बारे सुचना अधिकारी हुनुहुन्छ उहाँलाई बुझ्नुस ।” उपमहानगरपालिकाका सुचना अधिकारी सुरेन्द्र कार्कीले भने गणेस रानाले उपमहानगरपालिका भित्रै बिस सेवन गरेको बताए ।
ति ब्यक्तीले कार्यालय भित्रै बिस सेवन गरेका हुन् उनले भने “सेवन गरिरहेको देखेपछि त्यहाँ रहेका ब्यक्तीहरुले खोस्ने प्रयास गरेपनि केही ढिलो भएछ, उनलाई त्यसपछि सेती अस्पताल लगिएको छ, प्रहरीले बिस खुवाएको भन्ने कुरा गलत हो, उनले बिस खाएको प्रत्यक्ष सिसि क्यामेरामा देख्न सकिन्छ ।”धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई ह्वाटसपमा जग्गाकित्ताकाटमा बाधा आउने गरी निर्णय गरेको र युट्युवहरु मार्फत भ्रमको खेती गर्ने खबरदार मेयर भन्दै रानाले मेसेज पठाएका थिए । सोही मेसेजका आधारमा मेयर हमालले आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा व्यवस्था गर्न निवेदन दिएका थिए । प्रशासन कार्यालयले सो निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएको जनाएको छ ।