धनगढी। धनगढी विमानस्थलमा जहाज अवतरण (ल्याण्ड)गर्ने समयमा चक्का फुस्किएपछि ठूलो दुर्घटना हुनबाट जोगिएको छ। सोमबार काठमाण्डौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज ल्याण्ड गर्ने समयमा एउटा चक्का फुस्कीएको हो।
जहाज अवतर हुने समयमा खसेको एउटा चक्का खोज्न विमानस्थल कार्यालयमा तैनाथ प्रहरी र विमानस्थलका कर्मचारी नै खटिएपछि चक्का झाँडीमा फेला परेको हो। जहाज अहिले धनगढी विमानस्थलमै ग्राउन्डेड गरिएको छ। जहाजमा प्राविधिक समस्या आएपछि यस्तो भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए।
उनले हिजो यस्तो समस्या देखा परेपछि अहिले जहाज ग्राउन्डेड गरिएको र प्राविधिक जाँचपछि मात्रै उड्ने अनुमति दिइने बताए । आवश्यक अनुसन्धान गरिने छ । जहाजमा देखिएको समस्याको विषय प्राविधिक जाँचपछि मात्र वास्ताविकता थाहा हुने जानकारी दिए । उनले यो धेरै ठूलो समस्या नभएकाले प्राविधिक समस्या मात्रै भएको बताए । यसमा धनगढी विमानस्थलले यसबारेमा अनबिज्ञता प्रकट गर्नु लापरबाही भएको कतीपयको भनाई छ ।