धनगढी : नेकपा एमाले कञ्चनपुरको नवौँ अधिवेशनका लागी मंगलबार मतदान गर्ने कार्यतालिका सार्वजनिक भएको छ । पार्टी अध्यक्ष केपी सर्मा ओलीले सहमतीमै नेतृत्व चयन गर्न निर्देशन दिएपनि अध्यक्षमा दुई जनाको उमेदवारी पर्दा मतदानमै जानुपर्ने स्थिती आएको छ । बर्तमान पार्टी जिल्लाकी कार्यबाहक अध्यक्ष लक्ष्मी बुढा र बेदकोट नगरपालिकाका निबर्तमान मेयर अशोक चन्दले अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । पार्टी केन्द्रको निर्देशन अनुसार सहमतीका लागी प्रयास गरिएपनि अँझै सहमती जुट्न सकेको छैन । सहमतीका लागी अशोक चन्दले लक्ष्मी बुढालाई अध्यक्ष बनाउँदा सचिव दावी गरेका थिए ।
अध्यक्ष मण्डलका एक सदस्यका अनुसार अशोक चन्दलाई सचिव बनाउँदा सहमती हुने बताए । कञ्चनपुरमा करिब दुई टिक देखिएका छन्, अशोक चन्द टिम भन्दापनि सहमतीमा सबैलाई मिलाउनुपर्ने पक्षमा हुनुहुन्छ उनले भने “अशोकलाई सचिव, उपाध्यक्ष समेत नदिने बुढाको टिमले उप सचिव समेत दिदैनौँ भनेपछि उहाँले अध्यक्षमा उमेदवारी दिनुभएको हो, सबैको आ आफ्नो अस्तित्व छ यहाँ, पार्टीमा सहमती गर्दा सबैको भावना त समेट्नुपर्छ, सहमतीका नाममा एकलौटी नेता छनौट गर्न त पाइएन नी, अध्यक्ष उहाँहरुले लिदा, सचिव पनि लिनुस, अशोकलाई उपाध्यक्ष त दिनुस भनेका हौँ, उपाध्यक्ष कहाँ अशोकलाई उप सचिव दिदैनौँ भनेपछि उहाँले अध्यक्षमै उमेदवारी दिनुभएको छ, बुढाको टिमले अशोकलाई पदाधिकारीमा समेटे सहमती हुन्छ नत्र चुनाव हुनेछ ।” अध्यक्षका उम्मेदवार चन्दले अँझै सहमतीमै नेतृत्व चयनका लागि आब्हान गरेका छन । नयाँ नेतृत्व पदाधिकारी सहित सदस्य चयनका लागि चुनाव प्रकृया अघि बढेपछि अध्यक्षका उम्मेदवार चन्दले आइतबार बिहानै समाजिक सञ्जाल मार्फत सहमतीमै नेतृत्व चयनका लागि आब्हान गरेका हुन ।
चन्दले समाजिक सञ्जाल फेसबुक मार्फत यस्तो लेखेका छन । “नेकपा एमाले कंचनपुरको नवौं जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन भएको छ। हिजो बिहान ११ः३० बजे देखि राती ११ः०० बजे सम्म ३ पटक पार्टी नेतृत्व र अध्यक्ष मण्डल सङ्ग जिल्ला नेतृत्व सर्वसम्मतीले चयन गर्नका लागि छलफल भएको थियो। पार्टीका कार्यकर्ता तथा प्रतिनिधिको भावना र पार्टी केन्द्रिय नेतृत्वको निर्देशन अनुसार पार्टीलाई एकताबद्ध पारी कार्यकर्ताको मन र मत बिभाजन नगरी मिशन ८४ सफल पार्न सर्वसम्मतीबाट जिल्ला नेतृत्व चयन गर्न अनिवार्य देखिएको सन्द्रभमा फेरि एक पटक सर्वसम्मतीका लागि अन्तिम पटक आज चैत्र ४ गते बिहान ८ बजे सबै पदाधिकारीका उम्मेदवार कमरेडहरु बिच पार्टी नेता कमरेडहरु र अध्यक्ष मण्डलका नेता कमरेडहरुले छलफल गराउने सहमती भएको छ।त्यसैले पार्टी नेतृत्व र कार्यकर्ताको भावना अनुसार सर्वसम्मतिले नेतृत्व चयन गर्न सबैले प्रयास र प्रयत्न गरौ। म सहमतिको बाधक छैन। हिजो पनि मैले उम्मेदवारी दर्ता पनि सबै भन्दा पछाडी अन्त्तिम समयमा गरेको थिए, सहमती हुन्छ कि भनेर पर्खेर बसेको थिए।सहमति हुन सकेन र उम्मेदवारी दर्ता गर्न बाध्य भएको हु। फेरि आज पनि सहमतिमा नेतृत्व निर्माण गर्न आफु जुनसुकै मुल्य चुकाउन पछि पर्ने छैन र आफु केहि नभएर पनि अध्यक्ष ,पदाधिकारी देखि सदस्य सम्म प्याकेज मै सहमतिमा नेतृत्व चयन गरौ भन्ने मान्यता राखेको छु। सहमति गर्नै सकेनौ भने प्रतिनिधि कमरेडहरुका बिचमा पेश हुने नै छौ भन्ने जानकारी गराउन चाहन्छु ।”
यस्तै जिल्ला उपाध्यक्ष पदमा हिरा चन्द, विष्णुदत्त अवस्थी, जनकराज अवस्थी, विष्णु कँडेलले उम्मेदवारी दर्ता गराएका छन् भने सचिवमा पल्लवराज भट्ट, कर्णबहादुर चन्द र राधाकृष्ण जोशी (ज्वाला)ले प्रतिस्पर्धा गर्दै छन्। उपसचिवमा १० जनाको उम्मेदवारी परेको छ । प्रमुख निर्वाचन अधिकृत भोजराज पाठकका अनुसार उपसचिवमा जगतबहादुर सिंह, भारमल सुनार, आरपी सार्की, कुमारी लक्ष्मी भट्ट, राजीव खड्का, केशवबहादुर चन्द, लोकेन्द्रप्रसाद पन्त, चन्द्रसिंह कार्की, खिमा चन्द र चाँदनी धामी राना रहेका छन्। एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि ४ सय ६४मतदाता रहेका छन् ।