धनगढी : डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ४ मा म्याद नाघेको औषधी फेला परेको छ । वडा नम्बर ४ मा सरकारबाटै सञ्चालित आयुर्वेद तथा पशु साखामा म्याद नाघेको आयुर्वेदिक औषधी फेला परेको हो । आज अनुगमनका क्रममा गाउँपालिकाको अनुगमन टोलीले वडाको आयुर्वेद तथा पशु साखामै म्याद नाघेको औषधी फेला पारेको हो । गाउँपालिकाका हरेक वडाहरुको अनुगमन गर्ने क्रममा वडा नम्बर ४ को स्वास्थ्य साखाबाट करिब १ कुइन्टल आयुर्वेदिक औषधी फेला पारेको हो ।
नवदुर्गा गाउँपालिकाकी उपाध्यक्ष निर्मला बोगटी बिष्टको नेतृत्वमा गएको अनुगमन टोलीले आयुर्वेद तथा पशु साखा रहेको करिब सबै औषधी म्याद नाघेको भेटेको हो । उपाध्यक्ष बिष्टले साखामा २÷३ बर्ष पुरानो आयुर्वेदिक औषधी फेला परेको बताइन् । हामी नियमित अनुगमनका क्रममा वडा नम्बर ४ को आयुर्वेद तथा पशु साखा पुग्यौँ बिष्टले भनिन् “त्यहाँको औषधी हेदा अधिकाशं सबै म्याद नाघेको भेटेपछि हामीले गाडीमा हालेर ल्याएका छौँ, हामीसंग स्वास्थ्य साखाको टिम थिएन र आयुर्वेदको मान्छेपनि थिएन त्यस कारण परिमाण निकालेका छैनौँ, भोली सबैको रोहबरमा परिमाण निकाल्छौँ, औषधी २ कट्ठा जती छ ।”
हामी नियमित अनुगमनका क्रममा त्यहाँ पुगेका हौँ, हालसम्म ५ वटै वडामध्ये अन्य सबे सकेर २ नम्बरको आधा पुगेका छौँ उनले भनिन् “अनुगमनका क्रममा अधिकाशं पसलहरुमा म्याद नाघेका अखाद्य बस्तु फेला पारेका छौँ, चाउचाउ, बिस्कुट, चिउरा, सोयाबिन, मैधा लगायतका खाद्य बस्तुहरु म्याद नाघेको पाएका छौँ, हालसम्म करिब १ ट्रक म्याद गुज्रेको समान फेला पारेका छौँ, अब हाम्रो मिशन अबैध मदिरा नियन्त्रण गर्ने हो, त्यो गरिरहेकापनि छौँ र आगामी दिनमा थप प्रभावकारी बनाउने छौँ ।”