धनगढी : नेपाल यातायात मजदुर सगंठन टेङ्कर इकाई कमिटि धनगढीको टिमले उधोग बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीसंग भेट गरेको छ । उनिहरुले मन्त्री भण्डारीकहाँ टेङ्कर क्षेत्रमा काम गर्ने मजदुर हरुका समस्या राखेका छन् । आयल निगमलाई १४ बुँदे माग राखेको बिषय समेत उनिहरुले मन्त्री भण्डारीलाई जानकारी गराएका हुन् ।
टेङ्कर चालकहरुले मासिक १७ हजार पारिश्रमिकमा काम गर्नुपरेको छ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदुरपश्चिम प्रदेशका अध्यक्ष ललित चन्दले भने “हामीहरुले मजदुरको पारिश्रमिक, सामाजिक शुरक्षामा समाबेश, डिपोमा एसडी भएका टेकंर टेम्प्रेचर चेक गरी प्राप्त हुने वर्किङ लस दिने ब्यवस्था गरिनुपर्ने, आयल निगमबाट बिक्रेतासम्म इन्धन लैजादा टेम्प्रेचर दिने ब्यवस्था गरिनुपर्ने, सबै इन्धन डिपोमा आवश्यक्ता र क्षमताका आधारमा ल्फो लोड गराउने ब्यवस्था हुनुपर्ने माग राखिएको छ । यसका साथै भारतिय आयल डिपोमा टेकंर लोड गर्दा ल्फो मिटरबाट अकं बराबर इन्धन नआउने र ४० देखी ५० लिटर सम्म इन्धन कम आउने गरेकाले भारतका डिपोमा नेपाल आयल निगमको प्रतिनिधीको उपस्थितीमा इन्धन लोड गर्ने ब्यवस्था मिलाउनुपर्ने लगायत थुप्रो माग राखेका छौँ ।”
आयल निगम सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख सतिस राज ओझालाई यि मागका बारेमा ध्यानाकर्षण गराउँदा उनले गम्भिरता पुर्वक नलिएको भन्दै मजदुरहरुले मन्त्री भण्डारीको ध्यानाकर्षण गरेका हुन् । उनिहरुले मजदुरमाथी अन्याय र ज्याजती भइरहेकाले यसको समाधान गरिनुपर्ने माग राखेका छन् । कार्यालय प्रमुखबाट ढुवानी ब्यवसायी र मजदुरमाथी बिभेद भइरहेको भन्दै काम गर्नेका समस्या समाधान हुनुपर्नेमा उनिहरुले जोड दिएका छन् । मन्त्री भण्डारीले मजदुरका पिडा सम्बोधन गर्ने तर्फ ध्यान जाने बताए । आयल निगमका प्रबन्ध निर्देशकलाई भेटेरै यि समग्र समस्या सम्बोधनका लागी निर्देशन दिने बताए ।