धनगढी। धनगढीको नवजिवन अस्पताल प्रा.ली.ले डडेल्धुराको जोगबुडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
धनगढी उपमहानगरपालीका ४ स्थीत नवजिवन अस्पताल प्रा.ली र डडेल्धुराको परशुराम नगरपालीकाको सहकार्यमा आज (मंगलबार) एक दिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। डडेल्धुराको जोगबुडा अस्पतालमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर मार्फत ४ सय ९९ बिरामीले उपचार सेवा पाएका छन्। बिरामी चेक जाँच २०८ जनाको, बालबालीका चेकजाँच ६६ जना,दन्त सेवा १५ जना,यु एस जि सेवा ३० जना,एक्सरे सेवा ३४ जना, इसिजी ४१ जना, प्रयोगशाला तथा फार्मेसी सेवा ४४ जनाले लिएका थिए।२९९ महिला र १९० पुरुष गरी ४ सय ९९ बिरामीले उपचार सेवा पाएको नवजिवन अस्पताल प्रा।लीका मार्केटिङ संयोजक राजु चौधरीले जानकारी दिए। नवजिवन अस्पतालमा कार्यरत बिशेषज्ञ चिकित्सक एम. बि.बि.एस, एम.डि इन्टरनल मेडिसिन डाक्टर राजु बिष्ट तथा बरिष्ट नवजात शिशु तथा बाल रोग बिशेषज्ञ डाक्टर सतिश कुमार शर्माद्धारा बिरामी चेकजाँच गरिएको अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिए। यस्तै बिरामीले पेट, मृटु, मृगौला, थाइराईड, ब्लड प्रेसर, दमरोग, स्वासप्रश्वास सम्बन्धी,बच्चाको खोकी, खाना राम्रो सँग नखाने तथा अपच,निमोनिया सम्बन्धी सेवा समेत प्रदान गरिएको थियो।निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा जोगबुडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डन्ट डाक्टर जितेन्द्र चौधरी, परशुराम नगरपालीकाका नगर प्रमुख भरत बडायर जोशी तथा नवजिवन अस्पताल धनगढीका ब्यवस्थापक राजेश पाण्डेको उपस्थीती रहेको थियो। यस्तै निशुल्क स्वास्थ्य शिविरमा परशुराम नगरपालीका १२ जोगबुडाको उत्थानशिल सामाजिक बिकास केन्द्रद्धारा निशुल्क पानी बितरण गरिएको थियो। बिरामीले निशुल्क स्वास्थ्य शिविर मार्फत उपचार सेवा पाउँदा खुसी ब्यक्त गरेका छन्। हाल धनगढीको नवजिवन अस्पताल प्रा.लीले सुदुरपश्चिमका बिभिन्न जिल्लामा पुगेर निशुल्क स्वास्थ्य शिविर मार्फत उपचार सेवा प्रदान गर्दै आएको छ।