धनगढी। भारतको पलियाबाट गौरीफण्टा आउँदै गरेको बसबाट खसेर एक नेपाली महिला घाईते भएकी छन् ।प्रत्यक्षदर्शीका अनुसार आज मंगलबार दिउँसो पलिया देखी गौरीफन्टा आउन लागेको बसबाट खसेर ति महिला गम्भीर घाईते अवस्थामा भेटिएकी थिइन् ।
गौरीफन्टा पलिया सडक खण्डमा घाईते अबस्थामा भेटिएपछि घटना बाहिर आएको हो। उनलाई गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । घाईते महिलालाई अहिले भारतिय प्रहरीले अस्पताल पुगाएको खबर प्राप्त भएको छ । घाईते भएकी ति नेपाली महिलाको नाम र ठेगाना खुल्न सकेको छैन ।