धनगढी। सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले थप एक मन्त्री नियुक्त गर्दै चौधरीलाई मन्त्री नियुक्त गरेका हुन् ।
बिना बिभागिय मन्त्री बनेका चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। उनले थारु भाषामा शपथ लिएका थिए। माओवादी र एकीकृत समाजवादीले शाहलाई दिएको समर्थन फिर्ता लिएसँगै उनी आफु नेतृत्वको सरकार जोगाउन लागि परेका छन्।