धनगढी । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सुदूरपश्चिम प्रदेशका चार मन्त्रीलाई राम्रो काम गर्न निर्देशन दिएका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले सुदूरपश्चिममा आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीहरू फिर्ता नहुने समेत बताएका छन् । उनले देशमा ठुला पार्टीले देशका लागि नसोच्दा समस्या भएको बताए । उनले आफ्नो पार्टीको जम्मा ४ सिट भएकाले ठुला दलहरूले भ्यागुतोको धार्नी बनाउने काम गरेको बताए ।
उनले मन्त्री बन्नेहरूको मापदण्ड निर्धारण गर्नुपर्ने अवस्था आएको बताए । उनले सबै सांसदलाई मन्त्री बन्नुपरेको भन्दै अब सांसदको सङ्ख्या घटाएर १ सय मात्रै बनाउनुपर्ने बताए ।
त्यस्तै निर्वाचनको आयोगको गरेको निर्णयको विषयमा आफू अदालत जाने सक्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले निर्वाचन आयोगको पत्र अझैसम्म नबुझेको बताउँदै आइतबार १० बजेपछि पत्र बुझेर नयाँ ढङ्गबाट जाने बताएका हुन् ।
उनले अहिलेसम्म पत्र स्पष्टसँग अध्ययन नभएकोले पत्र बुझेपछि राजनीतिक या कानुनी उपचार खोज्ने बताए । देशका निकै थोरै पार्टीको मात्र महाअधिवेशन हुने र त्यसमा नागरिक उन्मुक्ति पार्टी एक भएको बताउँदै उनले महाअधिवेशन पार्टीको सर्वोच्च निकाय भएको र त्यसले गरेको निर्णयमा निर्वाचन आयोगले बाधा पुर्याएकाले उचित उपचार खोजिने जिकिर गरे ।