धनगढी : सुदुरपश्चिममा आयुर्वेदिक उपचार तर्फ आकर्षण बढ्दै गएको छ । प्रदेशको अस्थाई राजधानी धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयबाट सेवा लिने बिरामीको संख्या बढ्दो छ । सजिलो उपचार सेवा र नकारात्मक अशरको खतरा नहुने भएपछि आयुर्वेदमा आकर्षण बढेको हो । कैलालीको धनगढीमा प्रादेशिक आयुर्वेद चिकित्सालय छ । प्रादेशिक संरचना पछि स्थापना भएको चिकित्सालयले आयुर्वेद पद्धतीको उपचार सेवामा आकर्षण बढाएको छ । २०७८ साल असोजबाट ओपिडि सेवा शुरु गरेको चिकित्सालयले हाल छारसुत्र बिधिको सल्यक्रिया समेत शुरु गरिसकेको छ । यहि कारण हाल चिकित्सालयमा बिरामीको चाप बढ्दै छ । अस्पतालमा हाल दैनिक १ सय देखी १ सय ५० जना सेवाग्राही हरु पुग्ने गरेका छन् । आयुर्वेदिक औषधिले ढिलो रोग निको भए पनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ की निर्मला बोहरा निरन्तर उपचार सेवाका लागी प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी पुग्छिन् । आयुर्वेदिक पद्धतीबाट उपचार सेवा लिन थालेपछि उनलाई सहज महसुस भएको छ । म पछिल्लो १ बर्षदेखी आयुर्वेद चिकित्सालयबाटै उपचार सेवा लिइरहेकी छु उनले भनिन् “आयुर्वेदिक उपचारबाट सहजपनि भएको छ र यो औषधीले स्वास्थ्यमा कुनै अशरपनि परेन, त्यस कारण म आयुर्वेदिक उपचारमा आकर्षित भएकी छु, सके आयुर्वेदिक उपचारनै गराउनु ठिक हो ।” आयुर्वेद चिकित्सालयमै आमाको उपचारका लागी पुगेकी धनगढीकै शान्ति बिष्टलेपनि आयुर्वेदिक उपचार सहज भएका कारण सेवा लिन पुगेको बताइन् । आमालाई लिएर अस्पताल आएकि छु उनले भनिन् “ आयुर्वेदिक औषधीले कुनै नराम्रो असर गर्दैन त्यस कारण आमालाई यहाँ उपचारका लागी ल्याएकी हुँ, आयुर्वेदिक उपचार राम्रो हो, यसको सेवा बिस्तारका साथै जनशक्ती बढाउने तर्फ ध्यान दिइनुपर्छ ।”
प्रादेशिक आयुर्वेद चिकित्सालयबाट चालु आर्थिक बर्षको माघ मसान्तसम्म २७ हजार बढीले सेवा लिएका छन् । माघ मसान्तसम्म २७ हजार ६ सय ३५ जनाले चिकित्सालयबाट सेवा लिएको चिकित्सालयका सुचना अधिकारी सुरेन्द्र शाहीले जानकारी दिए । ति मध्ये १५ हजार ८ सय २७ जना नयाँ र ११ हजार ८ सय ८ पुराना सेवाग्राहीले चिकित्सालयबाट उपचार सेवा लिएको शाहीले बताए । चिकित्सालयले माघ १३ गतेदेखी छारसुत्र (अप्रेसन) सेवापनि शुरु गरेको छ । पाइल्स र फिस्टुलाको अप्रेसन शुरु गरेको चिकित्सालयले हालसम्म ९ जनालाई अप्रेसन सेवा दिइसकेको शाहीले बताए । चिकित्सालयले आइपिडी, छारसुत्र, पन्चकर्म, पुर्वकर्म, एक्सरे, ल्याव संगै बालरोग बिषेशज्ञ सेवा समेत दिइरहेको शाहीको भनाई छ । चिकित्सालयले बिषेशज्ञ सेवाहरु थप्ने तयारीमा छ । चिकित्सालयको समग्र प्रशासकिय सुधारका साथै उपचार सेवा प्रभावकारी बनाउने जनाइएको छ । ५० शैयाको चिकित्सालयलाई चाहिने आवश्यक उपकरण संगै जनशक्तीको ब्यवस्थापन भए आयुर्वेदिक उपचार सेवा थप बिस्तार हुनुका साथै प्रभावकारी हुने अपेक्षा लिइएको छ । सुचना अधिकारी शाहीले बिस्तारै चिकित्सालयका सेवा थपिने क्रम जारी रहेको बताए ।
५० शैयाको आयुर्वेद चिकित्सालयमा ७७ जना जनशक्ती आवश्यक हुन्छ । हाल १ बिषेशज्ञ सहित ५ जना डक्टर सहित ३० जना कर्मचारी कार्यरत छन् । चिकित्सालयमा नवौँ तहका बिषेशज्ञ संगै अन्य चिकित्सक सहित नर्सिङ कर्मचारीको अभाव छ । सेती अञ्चल आयुर्वेद औषधालयको दरबन्दीमा चलेको चिकित्सालयमा स्थाई दरबन्दी औषधालयकै भएपनि प्रदेश सरकारले १० औँ तहसम्मको अस्थाई दरबन्दी राखेको छ । चिकित्सालयमा नवौँ तहका बिषेशज्ञ चिकित्सक अभाव छन्, भने प्रशासन हेर्ने सुब्बा समेत नहुँदा स्वास्थ्य प्रयोगशालाबाट काम काजमा ल्याउनु परेको छ । सरकारले आयुर्वेद उपचार सेवालाई बढाउनुका साथै प्रभावकारी बनाउने दावी गरिरहँदा बल्ल अस्थाई दरबन्दीमै भएपनि चिकित्सालयले १० औँ तहको बिषेशज्ञ चिकित्सक पाएको छ । बझाङ बाहेक प्रदेशभरीका अन्य ७ जिल्ला आयुर्वेद अस्पतालहरुमा चिकित्सक नभएकै कारण चौथो तहका बैद्य र पाचौँका कविराजले जिल्ला चलाउनु परेको छ ।