धनगढी । धनगढीमा रहेको को डिस्कभरी बोडिङ स्कुलले १५ औ बार्षिक उत्सवका अवसरमा धनगढीमा रहेको दृष्ट्रि फाउण्डेसनमा सहयोग गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ कान्तिपुर टोलमा रहेको विद्यालयले विद्यालयमा डोनेसन बक्स राखेर विद्यालयका कर्मचारी तथा विद्यार्थीको एक दिनको खाजा बाफतको रकम जोहो गरी सहयोग गरिएको हो । बार्षिक उत्सवका अवसरमा विद्यार्थी तथा कर्मचारी बाट उठेको १९ हजार २ सय ८० र विद्यालय परिवारले त्यसमा थप १ हजार ८०० थपेर २१ हजार ८० रुपैया नगद सहयोग गरेको विद्यालयका प्रधानाध्यापक योगेन्द्र सिंहले बताए।
त्यस्तै डिस्कभरी बोडिङ स्कुलको १५ औ बार्षिक उत्सवका अवसरमा विदेशमा रहेका नेपालीको सहयोग डिस्कोभरी स्कुलका माध्यम बाट ३३ सय किलो चामल समेत फाउण्डेसन लाई सहयोग गरिएको सिंहले बताए । उनले डिस्कभरी बोडिङ स्कुलले शैक्षिक पाटो लाई मात्रै नभई विद्यार्थीहरु लाई विभिन्न सामाजिक कार्यमा पनि कसरी सक्रिय रहने भन्ने विषयमा ब्यवहारिक शिक्षा दिदै आएको जानकारी दिए ।
डिस्कोभरी स्कुलले केहि दिन पहिले धनगढीको ओम प्यालेसमा समेत करिब ७ सय जना अभिभावकको सहभागितामा विद्यार्थीको समग्र सिकाइ प्रभावकारी बनाउन अभिभावकको भूमिका पनि महत्त्वपूर्ण हुने भन्दै अभिभावक भेला सम्पन गरेको थियो ।
गरेको प्रधानाध्यापक योगेन्द्र सिंहले बताए।
असल अभिभावकत्व कार्यक्रममा शैक्षिक अभियानकर्ता क्षेत्रप्रसाद ज्ञवालीले अभिभावकले बहन गर्नुपर्ने जिम्मेवारीका विषयमा जानकारी गराएको उनले बताए ।