धनगढी । सत्ता गठबन्धन टुटेको छ। बालुवाटारमा जारी नेकपा माओवादी केन्द्रको पदाधिकारी र बालकोटमा जारी नेकपा एमालेको सचिवालय बैठकका छुट्टा छुट्टै स्रोतहरूका अनुसार आजै नयाँ मन्त्रिमण्डल बन्दैछ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा स्ट्यास लेख्दै आज आजै सानो आकारको मन्त्रीमण्डल बन्ने जानकारी गराएका हुन्। बालुवाटारमा जारी पदाधिकारी बैठकबाट एक नेताले पनि यही कुरा पुष्टि गरेका छन्।
सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् ।
बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए ।सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ ।