बझाङ। बझाङको केदास्यूँ गाउँपालिकामा रहेको एक पसलमा चोरी भएको छ। बझाङको केदास्यूँ गाउँपालिका वडा नम्बर ८ सल्लेधारको सिम्पानी स्कुल नजिकै रहेको स्थानिय रंगलाल धामीको किराना पसलमा सोमबार चोरी भएको हो।
फागुन १४ गते राति ९ बजेतिर सोहि वडा अन्तर्गत पर्ने रजमाला बस्ने रामकृष्ण जोशीका एक छोरी दुई वटा छोराले किराना पसल तोडफोड गरेर चाउचाउ, बिस्कुट, बिडी, चुरोट, साबुन , रिचार्ज लगायतका सामान चोरी भएको पसले धामीले जानकारी दिए। धामीको पसल पटक,पटक या भन्दा अगाडी चोरी भईरहेको उनले जानकारी दिए। राति खानाखान घर गएको मौका छोपि पसल तोडफोड गरेको जनाएको छ । धामीले करिव २० वर्षदेखि सो पसल चलाउदै आएका छन् ।
मध्य रातिराति सोहि ठाउँको गण्डकी बजारबाट रक्सि खाएर आउने बाटोमा होहल्ला,गाली, झगडा गर्ने लगाएतका कृयाकपलाप हुने गरेको स्थानियले बताएका छन् । गाउँगाउँ गएर मध्य राति रक्सि खाएर पुरुष नभएको घरमा गएर बालबच्चाहरुलाई तर्साउने, ढोका ढकढक गने, चोरी गर्ने उनीहरुको भनाई छ ।