धनगढी। धनगढी उपमहानगरपालिका शिवनगर-५ मा रहेको चैतन्य पाठशालामा बाल साहित्य सम्मेलन सम्पन्न भएको छ। मंगलबार विद्यालयकै प्राङ्गणमा बाल साहित्य सम्मेलन आयोजना गरिएको हो।
चैतन्य पाठशालाका पिटीए अध्यक्ष ईश्वर गिरीको अध्यताक्षमा भएको बाल साहित्य सम्मेलनमा प्रमुख अतिथि साहित्यकार बद्रीसर्मा विनाडी रहेका थिए।
चैतन्य बाल साहित्य सम्मेलनको स्वागत मन्तब्य ब्यक्त गर्दै प्रधानाध्यापक कटक सिँहले शिक्षासहित संस्कारको सिकाईरहेको चैतन्यले विद्यालय तहबाटै ज्ञानगुनका कुरा उजागर गरिरहेको बताए । विद्यालय तहबाटै विद्यार्थीहरु विभिन्न रचनात्मक क्रियाकलापसहित साहित्य क्षेत्रको माध्यमबाट उनीहरुको सिप कला क्षमता र ज्ञानगुनका कुराको बृद्धि विकास हुने बताए । किताबी ज्ञान बाहेक यस्ता रचनात्मक र सिर्जनशिलताले पनि बिद्यार्थीहरुको बौधिकता बढ्ने उनले विश्वास लिएका छन् ।
यस्तै चैतन्य पाठशालाका सीइओ गणेशप्रसाद जोशीले पाठशालाले २० वर्षपछि काम लाग्ने शैक्षिक गुणस्तरीय शिक्षा दिइरहेको बताए । विद्यालयमा वेद र विज्ञानलाई सँगसँगै पढाइरहेको र विद्यार्थीहरूलाई अहिलेको समय परिवेश अनुसार आवश्यकता परेको शिक्षा अनुकूल स्मार्ट बोटबाट समेत पठनपाठन गराइरहेको उनले जानकारी दिए ।शिक्षा र संस्कारको संगम चैतन्य पाठशाला अझै पनि गुणस्तरीय शिक्षाको गुणस्तरीय शिक्षाको लागि अझै हरपल लागिरहेको उनको भनाइ छ । कार्यक्रममा विभिन्न विद्यार्थीहरु आफैले रचना गरेका गित कविता, गजल लगायतका साहित्यक रचनाहरु सुनाएका थिए ।
कार्यक्रममा कक्षा ८ मा अध्ययनरत विद्यार्थी जेनी चौधरीले ‘म को हुँ भन्ने रमाईलो र ज्ञान बद्र्धक कविता सुनाएकी हुन् । कार्यक्रममा कैलाली बहुमखी क्याम्पसका सहायक प्राध्यापक गणेश प्रसाद जोशीले बाल साहित्य सम्मेलनले विद्यार्थीको चौतर्फी विकास गर्न सहयोग गरेको भन्दै आयोजकलाई धन्यवाद दिए । उनले विद्यालयले केवल पठनपाठन मात्रै गरेर नहुँने भन्दै यस्ता रचनात्मक र सिर्जनशिलतालाई जोड दिनुपर्ने बताए । सहायक प्राध्यापक जोशीले भने, विद्यार्थीले किताबी कुरा घोक्ने, रटाउने, परम्परालाई तोड्नुपर्छ, खेल्ने रमाउने सिक्दै जाने गर्नुपर्ने आवश्यक छ ।’
कार्यक्रममा महाकाव्यकार मनिराज जोशी, साहित्यकार यज्ञराज जोशी यात्री, कैलाली बहुमखी क्याम्पसका प्राध्यापक सिताराम भट्ट, सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष, तीर्थराज पाण्डेय, उपाध्यक्ष रुपा श्वांर, डेउडा गायक सुरत रावत डोटेली कान्छा, राजेन्द्र शाह बिपी, साहित्यकार तारा पल्लवी, डिल्लीराज जोशी, तोयनाथ भट्ट, अभिभावक, विद्यार्थी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षिका हेमा जोशीले गरेकी हुन ।