काठमाडौँ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ ।
ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित दश जनालाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । “दश जनालाई नियन्त्रणमा लिएका छौँ”, उनले भने, “अहिले छानबिन जारी छ।
छानबिन सकिएपछि सबैको नाम सार्वजनिक गछौँ ।”सेन्चुरी बैंक हाल प्रभुमा मर्ज भएको हो । सेन्चुरी बैंक रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले जनाएको छ । ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा १० जना पक्राउ परेका हुन् ।