धनगढी। कैलाली बहुमुखी क्याम्पसले २ दिन भित्र बिद्यार्थीका माग सम्बोधन नगरे रिले र आमरण अनसन बस्ने बिद्यार्थी संर्धष समितीले चेतावनी दिएका छन्।
बिद्यार्थीका समस्या समाधानका लागी संर्धष समितीका तेज जंग मल्ल र धुब्रराज न्यौपानेले आज सोमबार क्याम्पस प्रमुखलाईलाई ज्ञापन पत्र बुझाउँदै बिद्यार्थीका बिभिन्न माग सम्बोधन गर्नुपर्ने बताएका हुन् । संर्धष समितीले २ दिन भित्र माग सम्बोधनका लागी आवस्यक पहल नगरिए आन्दोलनका कार्यक्रम अन्तर्गत रिले अनसन, आमरण अनसन गर्न समेत बाध्य हुने चेतावनी दिएका छन् । उनीहरुले
लामो समय देखि विद्यार्थीहरुले भोक्दै आएका समस्या समाधानका पक्षमा बोल्दै आएको जानकारी दिदै सेमेष्टरको अध्यापन सुरुहुनु पूर्वनै आवश्यक पाठ्यपुस्तक तथा विषय कोर्षको व्यवस्था,पुस्तकालय तथा विद्यार्थीहरुलाई उपलब्ध हुनुपर्ने माग गरेका छन् ।
यस्तै सेमेष्टरको संक्रान्त परिक्षा हुनु भन्दा एक महिना अगाडीनै कोर्ष सक्काउनुपर्ने, विभिन्न संकायमा अध्यापन गराउने शिक्षक अभावको समस्या तत्काल समाधान गर्नुगर्ने, विद्यार्थीहरुका लागी होस्टेलको व्यवस्था गर्नुपर्ने, विद्यार्थीलाई समयमै छात्रवृत्ति कार्यक्रमको जानकारी तथा वितरण गर्नुपर्ने,विश्वविद्यालयको कार्यविधिलाई मिचेर गरिएका सम्पुर्ण कार्यहरु तत्काल खारेज गरि कार्यविधि अन्तर्गत रहेर गतिविधि सञ्चालन गर्नुपर्ने माग छन् । क्याम्पसमा क्लवका नाममा भईरहेको राजनिति अन्त्य गरि विद्यार्थीका अतिरिक्त क्रियाकलापमास्वच्छ रुपमा सञ्चालन गरिने वातावरण मिलाउनुपर्ने र विद्यार्थीका अतिरिक्त क्रियाकलाप लगाएत अन्य व्यवस्थापनमा गरिने खर्चको निश्चित मापदन्ड बनाउनुपन माग राखेका छन् ।