धनगढी। नेकपा एमाले कैलालीका नवनिर्वाचित अध्यक्ष यज्ञराज ढुंगानाले वादी समुदायकी महिलाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
मृगौलाको पत्थरीको शल्यक्रिया गर्न सेती प्रादेशिक अस्पताल भर्ना भएकी अछामको मंगलसेन नगरपालिका-५ कि सरिता वादीको उपचारका लागि ढुंगानाले सहयोग गरेका हुन् ।आज (सोमबार) बिहान प्रादेशिक अस्पताल पुगेर ढुंगानाले वादीका श्रीमान प्रेम वादीलाई सहयोग वापत १५ हजारको चेक हस्तान्तरण गरेका हुन् । उनले आर्थिक अभावमा वादीको उपचारमा समस्या भएको थाहा पाएपछि थोरै भएपनि राहत पुगोस् भनेर सहयोग गरिएको बताए।
उनले आर्थिक अभावमा वादीको उपचारमा समस्या भएको थाहा पाएपछि थोरै भएपनि राहत पुगोस् भनेर सहयोग गरिएको बताए ।सरिताका श्रीमान प्रेम वादीले अध्यक्ष ढुंगानाले सहयोग गरेकोमा धन्यवाद दिए । उनले कुरूवा बस्दा खाजा, खाना समेत समस्या भइरहेको बताउँदै राहत पुग्ने विश्वास गरे ।